सिँचाइ मन्त्रालयका सचिवको शव फेला

सिँचाइ मन्त्रालयका सचिवको शव फेला

कपन अनलाइन

धादिङ, २७ माघ । त्रिशुलीमा हराइरहेका सिँचाइ सचिव रामानन्द प्रसाद यादवको शव फेला परेको छ । उद्धारमा संलग्न प्रहरीका अनुसार उनको शव ड्राइभरको सिटबाटै निकालिएको छ ।

पृथ्वी राजमार्गस्थित धादिङको सलाङघाटमा भएको जिप दुर्घटनामा सचिव यादवसहित तीनजना बेपत्ता भएका थिए ।

जिप सचिव यादवले नै चलाएको बेला दुर्घटनामा परेको देखिएको छ । जिपका चालकले पनि दुर्घटना हुँदा जीप सचिव यादवले नै चलाएको बयान दिएका थिए ।

शनिबार बिहान कुरिनटारबाट आएको गोताखोरले त्रिशुलीको १५ मिटर गहिराईमा जिप फेला पारेको हो । सचिवको शव फेला परेपनि उनका छोरा सन्तोष र १५ वर्षीया उन्नती गुप्ता भने हराइरहेका छन् ।

तपाइँको प्रतिक्रिया ।