बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का विभिन्न स्थानमा खानेपानीको पाइप विस्तार हुने

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का विभिन्न स्थानमा खानेपानीको पाइप विस्तार हुने

कपन अनलाइन

काठमाडौ, माघ २५ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का विभिन्न स्थानमा खानेपानीको पाइप विस्तार हुने भएको छ।वडा नं १२ मा खानेपानीको समस्या निकै देखिए पछी पाइप विस्तार नभएका स्थानमा सो पाइप विस्तार गर्न लागिएको हो।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले करिब २० लाख बराबरको खानेपानीको कामको लागि पाइप बिच्छ्याउने कार्यको लागि पाइप खरिद गरेको  वडा सदस्य पुरुषोत्तम नेपालले बताए।

उनका अनुसार वडा बासीले भोगिरहेको खाने पानीको समस्यालाइ सहजीकरण गर्न उक्त कार्य गर्न लागेको बताए। उनले अहिलेलाई खानेपानीको पाइप खरिबोट फैका चोक , वडा नं १२ का भित्री बाटोहरु सबैमा त्यसैगरी उसुक्वानको बोरिंग लाइ  लक्षित गरि त्यसको आसपास र जोरधारा क्षेत्रमा पाइप बिछ्याइने बताए ।

उनले यहि हप्ताबाट पाइप बिछ्याउने जानकारी समेत दिए । वडा नं १२ मा पानीको बिकराल अवस्था रहेको र  जनसख्या बृद्दि संगै बोरिंग मार्फत उपलब्ध गराउने पानि पनि नियमित  नआउने  भए पछि स्थानीयले महंगोमा पानी खरिद गरेर पिउनु पर्ने बाध्यता रहेको स्थानीयले बताएका छन्  ।अब भने उक्त समस्या समाधान हुन्छ कि भन्ने आसमा रहेको एक स्थानीयले कपन अनलाइनलाई  बताए ।

तपाइँको प्रतिक्रिया ।