दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध
कपन अनलाइन
जाजरकोट, २३ माघ । दुई दिनदेखि नेपाल टेलिकमद्वारा वितरित ल्याण्डलाइन सेवा र नमस्तेको टेलिफोन सेवा ठप्प भएको छ ।सदरमुकाम सँगै जिल्लाभरि फोन सेवा ठप्प भएपछि हजारौँ सेवाग्राही मर्कामा परेका छन् । फोन सेवा अवरुद्धसँगै इन्टरनेट सेवासमेत बन्द भएको छ । नेपाल टेलिकम जाजरकोट शाखाले समस्या पत्ता लगाउने काम भइरहेको बताएको छ ।
फोन सेवा नहुँदा जिल्लामा सञ्चालनमा रहेका सञ्चारमाध्यम, सरकारी कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको काम समेत ठप्प भएको छ । दुई दिन बितिसक्दासम्म फोनमा आएको समस्याका विषयमा सम्बन्धित निकायले चासो नदेखाएको भन्दै सेवाग्राही आक्रोशित भएका छन् ।
तपाइँको प्रतिक्रिया ।