प्रिमियर लिग वाटफर्डले चेल्सीलाई ४-१ले पराजित

प्रिमियर लिग वाटफर्डले चेल्सीलाई ४-१ले पराजित

कपन अनलाइन 

एजेन्सी, २३ माघ । सोमबार राति भएको प्रिमियर लिगमा चेल्सीले लज्जास्पद हार व्यहोरेको छ । वाटफोर्डसँग चेल्सी ४-१ गोलले पराजित भएको छ । खेलको ३० औ मिनेटमा चेल्सीका खेलाडी बाकायोकाले रातो कार्ड खाएपछि चेल्सी १० जनामा सिमित भएको थियो ।

वाटफोर्डले खेलको ४२ औ मिनेटमा पेनाल्टी पाएको थियो । ट्रोय डिनले गोल गर्दै वार्टफोर्डलाई अग्रता दिलाए । तर, दोस्रो हाफमा इडिन हजार्डले बराबरी गोल फर्काए ।

खेलको अन्तिम १० मिनेटमा चेल्सीका लागि भारी रह्यो। वार्टफोर्डका लागि डार्लिन जनमातले खेलको ८४ औ मिनेटमा दोस्रो गोल गरे।खेलको ८८ औ मिनेट र ९० औ मिनेटमा जेरार्ड डेफुलु र रोबर्टो पेरेआले गोल गरे । यो हारसँगै चेल्सीको अंकतालिकामा चौथो स्थानमा झरेको छ । चेल्सीको २६ खेलमा ५० अंक रहेको छ ।

तपाइँको प्रतिक्रिया ।