जनताले जोगाएको बन जनताकै लागि संरक्षण गरिनु पदर्छ : सुवर्ण श्रेष्ठ

जनताले जोगाएको बन जनताकै लागि संरक्षण गरिनु पदर्छ : सुवर्ण श्रेष्ठ

कपन अनलाइन

काठमाडौ, माघ २३।

शंखरापुर नगरपालिकामा रहेको साक्वा रिसोर्टमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र ब्यबस्थापन समितिले आयोजना गरेको  मध्यबर्ती क्षेत्रका स्थानीय तह संग समन्वय बैठकमा बोल्दै शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले अहिले नुवाकोट देखि सिन्धुपाल्चोक काठमाडौं जिल्लामा शिवपुरी नागार्जुन निकुञ्जबाट प्रभावित क्षेत्र को रुपमा छलफलको क्रममा रहेको बताए यसलाई कसरि अघि बढाउने भन्ने क्रममा सहयोग  समन्वय आवश्यक रहेको बताए ।

पहिलेको अवस्थामा आफुहरु १८/ २० बर्षको बिचमा हामीहरु जनता बाट निर्वाचित भएर आएको हुनाले जनप्रतिनिधि संग सहकार्य गर्दै जानुपर्ने बताएका थिए । उनले जनता बाट नै जोगाएको बन भएको हुनाले जनताकै लागि संरक्षण गरिनु पर्ने बताए। उनले राज्य भन्दा जनता पहिला आएको पछि मात्र राज्य आएको बताए ।

आफु गाबिस अध्यक्ष हुँदा त्यति बेला सुन्दरीजल गागल लप्सीफेदी ,भोटेचौरका गाबिसका अध्यक्षहरु एकचरण निकुन्ज अवलोकन गर्ने भ्रमण गर्ने त्यसलाई कसरि संरक्षण गर्ने भन्ने कार्य भएको स्मरण गरेका थिए ।त्यसपछि राष्ट्रिय निकुन्जले के गरिरहेको छ भन्ने कुरा जानकारी नभएको बताए ।

उनले निकुन्ज भित्र आइरहेको पानि उपभोग गर्न नपाइरहेको अवस्था रहेको बताए। उनले निर्वाचित भएर आइसकेपछि गोकर्णेश्वर नगरपालिका , कागेश्वरी नगरपालिका र शंखरापुर नगरपालिका तीन वटा नगरपालिकाको रेन्ज भनेको तारेभिर देखि गागल ,झुले र देउरालीसम्मको रेन्जलाइ पर्यटन संग जोडेर विकासको अबधारण लानु पर्ने बताएका थिए ।

उनले जनताले निकुन्जको कारण आवत जावत गर्दा खेप्नु परेको समस्या एबम जनावरहरुले पुर्याउने गरेको बालि नालीको नोक्सान लगायतका समस्या समाधानको लागि पहल कदमी गर्नु पर्ने आवश्यकता रहेको बताएका थिए। निकुन्जलाई पारेको प्रभाब न्यूनीकरण गर्दै पर्यटनको विकास गर्नको लागि स्थानीयको सहयोग आवश्यक रहेको बताएका थिए ।त्यस सम्बन्धमा स्थानीय तह संग को समन्वय आवश्यक रहेको बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।