गोकर्णेश्वर नगरपालिकाको नक्सापास सम्बन्धि कार्य भोलि बाट सुचारु हुने

गोकर्णेश्वर नगरपालिकाको नक्सापास सम्बन्धि कार्य भोलि बाट सुचारु हुने

कपन अनलाइन

काठमाडौ,माघ २२।

गोकर्णेश्वर नगरपालिकाले नक्सापास सम्बन्धी काम रोकिए पछि सो वारेमा बुझ्न  कपन अनलाइन स्थलगत रिपोर्टिंगमा गएको थियो ।त्यस सम्बन्धमा हामीले गोकर्णेश्वर नगरपालिकाको उपप्रमुख शान्ति नेपाललाइ नक्सा पास किन रोकियो भनेर  सोधेका थियौ जवाफमा उनले नक्सा पास काम रोकिएको नभई नगरपालिकाका योजना वडामा ४ /४ करोड बिनियोजन भएको  हुनाले  त्यो योजनालाई सहजीकरण गर्नलाई अहिले नक्सा शाखाका इन्जिनियरहरुलाई योजनामा लगाएको हुनाले  रोकिएको र यो भोलि बाट खुल्ने पनि बताइन ।

त्यस्तै गरि हामीले सोहि प्रश्न गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेलाइ पनि सोधेका थियौ उनले पनि नक्सा पास बन्द भएको नभई  उनले आफुहरु निर्वाचित भएपछि अध्यावधिक पौष मसान्तसम्म भनेर नै खोलिएको बताए ।

उनले  समय नै पौष मसान्त सम्म भएको हुनाले पौष मसान्त सकिए पछि के गर्ने भन्ने प्रश्न उठेको र अब थप्ने कि? नथप्ने कहिले सम्म थप्ने ? भन्ने बिषयको लागि छलफल गर्न केहि दिन  रोकिएको जानकारी दिंदै  उनले अहिले वडा वडामा गएको  ४ /४ करोड गरि ९ वटा वडामा  ३६ करोड योजना लाई उचित तरिकाले कार्यान्वयन गर्न योजना निर्माणका लागि सो नक्शा पासको काम केहि दिन रोकिएको बताए।

उनले सब इन्जिनियर यो महिना भित्रमा लागत स्टिमेट निकाली सक्नुपर्ने, नाप्नु पर्ने र त्यसको लागत स्टिमेट निकाली लगत स्टिमेट गर्नलाई सम्पूर्ण इन्जिनियरहरु लाग्नु पर्ने हुदा यो काम रोकिएको बताए ।

त्यो लाग्नको लागि केहि दिन नक्सा पास रोकिएर भए पनि योजनामा इन्जिनियरहरुलाई खटाएको हो भन्दै उनले केहि दिन नक्सा पास रोकिएर भए पनि यो विकास निर्माण काम वडाहरुको काम सकाईदिउ भन्ने अनुरोध गर्दै सबै इन्जिनियरहरुलाई त्यही काम मा लगाएको बताए।

भोलि देखि २३ गते बाट फेरी नक्सा पासको काम सुचारु हुने बताए। उनले नक्सा पास रोकिदा सेवा ग्राहीलाई पर्न गएको असुविधाप्रति क्षमा माग्दै विकास निर्माणको लागि  योजनाको काममा लागेको  बुझिदिन अनुरोध समेत गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।