पाकिस्तानी राजदुतावासले जम्मु कश्मिरसंग ऐकेवदत्ता कार्यक्रम गर्यो
कपन अनलाइन
काठमाडौ,माघ २२।
नेपालका लागि पाकिस्तानी राजदुतावासले जम्मु कश्मिरसंग ऐकेवदत्ता स्वरूप आज एक कार्यक्रम आयोजना गरेको छ। राजदुतावासको भवन काठमाडौं चक्रपथमा आयोजना गरिएको कार्यक्रममा वृतचित्र मार्फत कश्मिरमा भएका विभिन्न घटना र आन्दोलनहरुका वारेमा जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदुत मझहर जाभेद , डा.सर्वदत्त पन्त ,पत्रकार राजन कार्की ,डी आर लामिछाने लगायतले आफ्नो धारणा राखेका थिए।
सो कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदुत जाभेदले जम्मु काश्मिरको सवालमा संयुक्त रास्ट्र संघले पारित गरेका घोषणा पत्रहरु लागु हुनुपर्ने र त्यहा भारतीय पक्ष बाट प्रयोग गरिएका घातक हतियार र दमन बन्द हुनुपर्ने धारणा राखेका थिए ।
तपाइँको प्रतिक्रिया ।