आगलागी नियन्त्रण गर्न अग्निरेखा बनाउनु पर्दछ :कृष्णहरी थापा

आगलागी नियन्त्रण गर्न अग्निरेखा बनाउनु पर्दछ :कृष्णहरी थापा

कपन अनलाइन

काठमाडौँ,माघ २२ ।

शंखरापुर नगरपालिकामा रहेको साक्वा रिसोर्टमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज र मध्यवर्ती क्षेत्र ब्यबस्थापन समितिले आयोजना गरेको  मध्यबर्ती क्षेत्रका स्थानीय तह संग समन्वय बैठकमा बोल्दैकागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरी  थापाले शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज  र मध्यवर्ती क्षेत्र भित्र साबिक गाबिस गागल पर्ने हाल वडा नं १ पर्ने भन्दै शिवपुरी जलाधार क्षेत्र जुन बेला स्थापना भयो कति पय ठाउमा  सिमानामा ढुंगाको पर्खाल लगाएको थियो ।

उनले ककनी देखि बुढानिलकण्ठ हुदै जहरसिंह पौवा सम्म हाइवे पनि बनेको र त्यो बाटो खुल्न नसकेको बताए उनले अग्निरेखा जस्तो बनमा आगोलागी हुँदा त्यो बीच बाट हुनु पर्छ भन्ने धारणा राखेका थिए।

उनले  जुन राष्ट्रिय निकुन्ज को परिकल्पना गरेको छ त्यो अनुसार ब्यबहारिकतालाइ ध्यानमा राखेर योजना बनाउनु जरुरी रहेको बताए उनले ५ वटा ज मा पहिलो नम्बरमा जनता हुनुपर्यो ,राष्ट्रिय निकुन्ज भित्र बस्ति छ भने त्यसलाई  अपनत्व महसुश हुने बनाउनु पर्ने बताए।

उनले त्यो बस्तीमा  राष्ट्रिय निकुन्जले फाइदा पनि पुर्याएको र कति पय अवस्थामा बेफाइदा पनि भएको बताए। त्यस कारण उनीहरुलाई शेयर होल्डर को रुपमा हातेमालो गरेर अघि बढ्नुपर्ने बताएका थिए ।

उनले राष्ट्रिय निकुन्जलाइ पर्यटनको रुपमा अघि बढाउनु पर्ने बताउदै,गोकर्णेश्वर, कागेश्वोरी र शंखरापुर् नगरपालिकाले  पर्यटनको एउटा योजना पनि बनाएको बताउदै चाबहिल साँखु सडक को बारेमा भित्रि चक्रपथको बारेमा पर्यटन पूर्वाधारको बिकासमा समेत योजना बनाएको बताए।उनले सबै संग समन्वय गरेर निकुन्ज बाट फाइदा लिने खालको नीति निर्माण गर्नु पर्ने बताएका थिए।

निकुन्जको क्षेत्रलाइ संरक्षण गर्नुपर्ने र घेराबार गर्ने काममा छिटो भन्दा छिटो काम सुरु गर्नु पर्ने बताए। उनले निकुन्जले जुन खालको बजेट खर्च गर्छ, त्यो पारदर्शी होस् भन्ने चाहना रहेको बताए ।उनले मध्यबर्ती क्षेत्र अन्तर्गत जुन बिकासका कार्यक्रम गर्नुपर्ने र त्यी कार्यक्रमहरु समन्वयात्मकतरिकाले अघि बढाउनु पर्ने धारणा राखेका थिए।

उनले  निकुन्ज भित्र पर्ने र त्यहाका जनताले नुकुन्जको कारण आवत जावत गर्दा खेप्नु परेको समस्या एबम जनावरहरुले पुर्याउने गरेको बालि नालीको नोक्सान लगायत का समस्या समाधानको लागि पहल कदमी गर्नु पर्ने आवश्यकता रहेको बताएका थिए।

उनले निकुन्ज  सुरक्षा गर्नको लागि पर्खाल लगाउनु पर्ने पुराना पर्खाल कतिपय स्थानमा भत्केको र कति ठाउमा नभएको हुनाले सुरक्षा जोखिम बढेको बताएका थिए । निकुन्जलाई पारेको प्रभाब न्यूनीकरण गर्दै पर्यटनको विकास गर्नको लागि स्थानीयको सहयोग आवश्यक रहेको बताएका थिए त्यस सम्बन्धमा स्थानीय तह संग को समन्वय आवश्यक रहेको बताएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।