ईशान बाल तथा महिला नर्शिङ्ग होम र टोखा – ५ का जनप्रतिनिधिहरु विच अन्तरक्रिया सम्पन्न
कपन अनलाइन
काठमाडौ,माघ १९ ।
टोखा नगरपालिका वडा नं ५ बसुन्धरा स्थित ईशान बाल तथा महिला नर्शिङ्गहोम ब्यावस्थापन समिति र वडाका जनप्रतिनिधिहरु विच माघ १४ गते अन्तर्कृिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ईशान बाल तथा महिला नर्शिङ्गहोम ब्यावस्थापन समितिको तर्फ बाट अध्यक्ष डा नारायण ब थापा ,सदश्यहरु डा धनराज अर्याल, डा .अार पि चौधरी, सुनिता ढुंगाना प्रशासन प्रमुख विपिन जंगम सहभागि भएका थिए ।
उक्त कार्यक्रमा वडा नं ५ का जनता लाई अौषधि उपचारमा विशेष छुटको ब्यावस्था हुनु पर्ने, अस्पताल लाई चाहिने जन शक्ति योग्यता र क्षमता भए सम्म वडा वासि लाई नै राख्नु पर्ने , अस्पतालको नव निर्मित भवन स्वस्थ्य मापडण्ड अनुरुप हुनु पर्ने , अस्पताल जन्य फोहर विसर्जनको उचित ग्यारेन्टी , विरामी कुरुवा घर , सव गृह , हरियाली खुल्ला स्थान , क्यान्टिनको उचित ब्यावस्था , छर छिमेकी वस्ति लाई कुनै असर नपर्ने गरि ब्यावस्था मिलाउन अनुरोध गरिएको थियो ।
ब्यावस्थापन उक्त सबै कुरामा सकारात्मक रहेको र अाउदा दिनमा अाईपर्ने सबै समस्या यसैगरि बसेर समाधान गर्दै जाने प्रतिवध्दता जनाएका थिए ।वडाको तर्फ बाट वडा नं ५ का वडा अध्यक्ष जगन्नाथ ढकाल ले कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ब्यक्त गरेका थिए ।
कार्यक्रम संचालन