बुढानिलकण्ठ ११ मा अफगानिस्तानका शरणार्थीले घरबेटीका छोरालाई कुटपिट गरे
कपन अनलाइन
काठमाडौ,माघ १९ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कपन राम मन्दिरमा रहेको साधुराम खत्रीको घरमा डेरा लिई बस्ने वर्ष १८ का अफगानिस्तान बाट आएका उबै दुल्लाहले साधुराम खत्रीको छोरालाइ कुटपिट गरि घाइते बनाएको छ। कुटपिटमा परि बिबेक खत्री घाइते भएका छन ।कुटपिट पछि अफगानिस्तान बाट आएका उबै दुल्ला भागेर रोहिंग्या शरणार्थी क्याम्पमा लुकेर बसेको अवस्थामा कपन प्रहरीले पक्राउ गरेको छ ।
निज उबै दुल्लाले नेपाली युवती संग बिवाह गरि साधुराम खत्रीको घरमा डेरा गरि बस्दै आएका थिए। उवै दुल्लाहले नेपाली युवतीसंग दुबईमा भेट घाट भएको थियो घाइते बिबेकका अनुसार जहिले पनि साँझमा ढिलो फर्कने र निहु खोजि रहने र हिजो पनि डेरामा सामान्य भनाभन पछि आज डेरा सर्न अनुरोध गरेका थिए ।
आज डेरा सर्न तरखर गरिरहेको बेलामा बिहान १० बजे तिर घरबेटीको छोरा बिबेक खत्रीलाई कुटपिट गरि भागेका थिए । कुटपिट पछि रोहिंग्या शरणार्थी क्याम्प्मा लुकेर बसेको अवस्थामा स्थानीय र कपन प्रहरीले फेला पारि पक्राउ गरेको थियो ।अहिले स्थानीय, प्रहरी र वडा प्रतिनीधिहरु प्रहरी प्रभागमा छलफल गरिरहेका छन।
रोहिंग्या शरणार्थी क्याम्पले गर्दा चौतर्फी असुरक्षा महसुस भएको स्थानीयले बताएका छन । पहिलेको संख्याभन्दा दोब्बर संख्यामा सरणार्थी भएको स्थानमा होहल्ला हुनुको साथै एकै जनाको दुइ तीन वटा श्रीमती हुने र त्यस क्याम्प मा सधै झगडा भैरहने पनि बताए ।
फोटो सौजन्य: रंजित खत्री