प्रदेस सभा सदस्य छिरिंग दोर्जे लामाको पहिलो बैठक अनुभव यस्तो रह्यो

प्रदेस सभा सदस्य छिरिंग दोर्जे लामाको पहिलो बैठक अनुभव यस्तो रह्यो

कपन अनलाइन

काठमाडौँ,माघ १९ ।

देश संघीय संरचनामा गइसके पछि हेटौडामा  पहिलोपटक प्रदेश सभाको बैठक बसेको  थियो उक्त बैठकले प्रदेश नम्बर ३ को पहिलो प्रदेश सभा बैठकले आगामी माघ २७ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको छ। उक्त पहिलो बैठकको सभामुखको भूमिका ज्येष्ठ सदस्य डोरमणि पौडेलले निर्वाह गरेका थिए।

पहिलो बैठक पश्चात कपन  अनलाइनले पहिलो बैठकको अनुभव कस्तो रह्यो भनेर  काठमाडौँ निर्वाचन क्षेत्र नं ३ प्रदेश सभा सदस्य माननीय सांसद छिरिंग दोर्जे लामा लाइ सोधेको थियौ।  उक्त प्रश्नको  उनले प्रतिक्रिया दिंदै उनले नेपालको इतिहासमा एतिहासिक दिन भएको र त्यसमा सहभागी हुनको लागि मलाई त्यस ठाउ सम्म पुर्याउने सबै जनतालाई धन्यबाद दिन चाहेको बताए। उनले मुलुकको परिवर्तनका लागि पटक पटक भएका आन्दोलन र प्राप्त उपलब्धिको रक्षा गर्दै आर्थिक विकासका लागि सबै लाग्नुपर्ने  बताएका थिए।उनले पहिलो बैठकमा उपस्थित भै रहदा अन्यन्त गौरब र जिम्मेवारी बोध भएको महसुस गरेको बताए।

उनले  सहमति, सहकार्य र एकतासहित लोकतान्त्रिक मूल्य मान्यताका साथ अघि बढ्ने बताउदै प्रदेश नं ३ लाई नमूना बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए। साथै प्रदेशमा बनाउनु पर्ने नियम ,कानुन,विधि र प्रक्रिया निर्माण गर्ने काममा सक्रिय हुने  पनि बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।