फोरजी फिचर भएको नोकिया ३३१० सार्वजनिक

फोरजी फिचर भएको नोकिया ३३१० सार्वजनिक

कपन अनलाइन 

एजेन्सी, १८ माघ । एचएमडी ग्लोबलले चीनमा नोकिया ३३१० को फोरजी भेरिएन्ट लञ्च गरेको छ । नयाँ फिचरयुक्त यस फोनमा २.४ इन्चको QVGA डिस्प्ले रहेको छ जसको रिजोलुसन ३२० गुणा २४० पिक्सेल रहेको छ ।

मोबाइल फोनमा २५६ एमबी र्याम तथा ५१२ एमबीको स्टोरेज रहेको छ । जसलाई माइक्रो एसडी कार्डको सहायताले ६४ जिबीसम्म बढाउन सकिन्छ ।यो फोन YunOS एन्ड्रोइड अपरेटिंग सिस्टमबाट चल्दछ ।

क्यामराको कुरा गर्दा यसमा एलइडी फ्लासयुक्त २ मेगापिक्सेलको क्यामरा रहेको छ । निलो र कालो गरी दुई रङमा फोन उपलब्ध छ । यसमा १२०० मिलिएम्पिएर आवरको ब्याट्री रहेको छ, जसले पाँच घण्टाको टकटाइम दिन्छ । कनेक्टिभिटीका लागि यसमा फोर जी VoLTe , वाइफाइ, ब्लुटुथ, माइक्रोयुएसबीका साथै एफएम रेडियो र ३.५ एमएम हेडफोन ज्याक दिइएको छ ।

स्मरणरहोस्, कम्पनीले गत वर्ष नोकिया ३३१० को टू जी र थ्री जी मोडेल पेश गरेको थियो । आसन्न मोबाइल वर्ल्ड कंग्रेसका बेला फोरजी युक्त नोकिया ३३१० चीनबाहेकका विश्व बजारमा कहिले पठाउने विषयमा एचएमडी ग्लोबलले घोषणा गर्नसक्ने बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।