प्रदेश नं. ३ सभामुखको निर्वाचन माघ २७ मा हुने

प्रदेश नं. ३ सभामुखको निर्वाचन माघ २७ मा हुने

काठमाडौं, माघ १८ ।

प्रदेशसभा बैठक अघि बसेको सर्वदलीय बैठकले माघ २७ गते प्रदेश नम्बर ३ को सभामुख चयनका लागी निर्वाचन गर्ने सहमति गरेको छ।

सभामुख निर्वाचनको भोलिपल्ट उपसभामुख चयन हुने ज्येष्ठ सदस्यको हैसियतले सभामुखको भूमिका निर्वाह गरिरहेका डोरमणि पौडेलले बताए।

वाम गठबन्धनमा भएको सहमति अनुसार ३ नम्बर प्रदेशको मुख्यमन्त्री र सभामुख दुवै पद एमालेले पाएको छ। उपसभामुख भने माओवादीको भागमा परेको छ।

हैटौंडा स्थित क्षेत्रीय शिक्षा निर्देशनालयको सभाहलमा बसेको प्रदेशसभाको पहिलो ऐतिहासिक बैठकले यही माघ २७ गते दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको हो ।

तपाइँको प्रतिक्रिया ।