दश वर्ष पुगेको अवसरमा ग्लोबल सुपर मार्केट कपनको विशेष छुट योजना

दश वर्ष पुगेको अवसरमा ग्लोबल सुपर मार्केट कपनको विशेष छुट योजना

कपन अनलाइन

काठमाडौ, माघ १७ ।

कपन क्षेत्र लगायत आसपासका स्थानीय बासिन्दाका लागि किनमेलमा सहज हुने गरी ग्लोबल सुपर मार्केट  सञ्चालनमा १० वर्ष भएको छ। सामान्य सामान किन्न पनि चावहिल ,बौद्ध  जस्ता बजार धाउनु पर्ने यस क्षेत्रका वासिन्दालाई एकै स्थानमा सामान किनमेलको प्रवन्ध गर्न स्थापित यो सुपर मार्केट बुढानिलकण्ठ नगरपालिका वडा नं १२ फैकामा रहेको छ।

करिब १० वर्षअघि  २०६४ सालतिर खुलेको यस ग्लोबलसुपर मार्केट बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको छ   दश वर्ष अघि सम्म कपनमा कुनै सुपर मार्केट थिएन भर्खर भर्खर भाटभटेनी जस्ता डिपार्टमेन्ट स्टोर खुलेका थिए ।

ग्लोबल सुपरमार्केट खोलेको पनि दश वर्ष पुगेको जसको संचालन  सोनाम शेर्पा  र दिनेश श्रेष्ठले  गरिरहेका छन । उनले निकट भबिष्यमा यस सुपरमार्केटको शाखाहरु खोल्ने योजना रहेको  संचालक दिनेश श्रेष्ठले बताए।

सुरुको समयमा १ करोडको पुजी बाट सुरु गरिएको उक्त सुपर मार्केट बिहान ८ बजे देखि बेलुका ८ बजे सम्म खुल्ने गरेको छ ।  ३६५ दिन नै संचालन हुने यो मार्केट होलिको  दिन मा मात्र बन्द हुने गरेकोमा पनि यस वर्ष बाट त्यो दिन पनि खोल्ने योजना रहेको संचालक दिनेश श्रेष्ठले बताए।  उनले रेगुलर आउने ग्राहकलाई कार्ड दिने र त्यो कार्ड देखाए पछि ३ प्रतिशत छुट दिने योजना पनि ल्याउन लागेको बताए।

विभिन्न सामान एकैथलोमा पाइने भएकाले व्यस्त समयलाई सदुपयोग गर्न धेरैको रोजाइ सुपर मार्केट  हुने गरेको छ । धेरै अघिसम्म बजार घुमेर विभिन्न समान किन्ने ग्राहकलाई ग्लोबल मार्टले  एउटै छानामुनि समेटेको  छ। दिनदिनै मानिस व्यस्त बन्दै गइरहेको अहिलेको अवस्थामा सबै आवश्यक सामान एकै ठाउँमा उपलब्ध हुने भएकाले सुपरमार्केट मानिसको जीवनशैली बन्दै गएको श्रेष्ठले  बताए ।

पसलमा घन्टौं कुर्नुपर्ने अनि दलाली गर्नुपर्ने बाध्यताबाट सुपर मार्केटले मुक्ति दिएकाले अहिले यो संस्कारका रूपमा अघि आएको श्रेष्ठ बताउछन ।  सुपरमार्केटमा  सामान किन्ने सुविधासँगै धेरैलाई रोजगारी पनि दिएको छ।

त्यसतै बिल दिने चलनले ग्राहकमा विश्वास बढ्दै गएको र अन्त भन्दा सस्तोमा सामान  दिएपछि वरिपरीका व्यापारी पनि चकित परेको श्रेष्ठले  बताए । कम्पनीहरूले बिभिन्न स्किम दिइरहेको हुन्छ। जस्तो कि कोक, पेप्सीले १२ केस बिक्री गर्दा एक केस सित्तैमा दिन्छ। त्यो एक केस व्यापारीको लागि पूर्ण नाफा हो। त्यसैले १२ केसलाई एमआरपी भन्दा कम मूल्यमा बेच्न सकिने श्रेष्ठले बताए ।

उनले पहिले मार्ट भित्रको  आकर्षणबाट प्रभावित भएर ग्राहक घुम्न आउने र सामानहरू हेरेर बाहिरको बजारसँग तुलना गर्ने र दोस्रोपटकदेखि किन्न आउने गरेको समेत उनले  बताए ।

ग्लोबल सुपरमार्केट संचालनमा आएको दश बर्ष  पुगेको अवसरमा माघ २३ ,२४ र २५ गते प्रत्येक सामानमा ५ देखि १० प्रतिसत छुट दिने योजना रहेको पनि उनले  बताए।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ फैका मा रहेको यो सुपर मार्केट कपन क्षेत्रको पहिलो सुपर मार्केट हो जसमा अहिले धेरै टाढा टाढा ग्राहकहरु आउने गरेका छन।सुपर मार्केटमा आउने ग्राहक हरुले त्यहा कफी को स्वादमा रमाउन सक्नेछन भने हरेक किसिमका सामान किन्न एकै स्थानको प्रयोग हुनाले समय र पैसा पनि बच्ने गरेको छ ।

तपाइँको प्रतिक्रिया ।