थ्रीस्टार क्लब एपीएफ क्लबलाई हराउँदै  सेमिफाइनलमा प्रवेश

थ्रीस्टार क्लब एपीएफ क्लबलाई हराउँदै  सेमिफाइनलमा प्रवेश

कपन अनलाइन

पोखरा माघ १५ ।

पोखरामा जारी आहा रारा गोल्डकप फुटबलमा  थ्रीस्टार क्लबले  विभागीय टिम एपीएफ क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले हराउँदै  सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेट र थपिएको २० मिनेटको समयमा दुवै टिमले गोल रहित बराबरी खेले पछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा थ्रीस्टारका पाँचै जना खेलाडीले गोल गरे भने एपीएफका खेलाडी राजेन्द्र रावल हानेको बल गोलकिपर एलन न्यौपानेले जम्प गर्दै रोकेका थिए । थ्रीस्टार क्लबले फाइनल प्रवेशका लागि बिहीबार उत्तर बरिन्धरा क्लब बंगलादेशसँग प्रतिष्पर्धा गर्ने छ । भोलिको अन्तिम क्वाटरफाइनल खेल मनाङ मस्र्याङदी र  विभागीय टिम नेपाल पुलिस क्लवब बिच हुने छ।आजको खेलमा थ्रीस्टारका गोलकिपर एलन न्यौपाने म्यान अफ दी म्याच बनेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।