गोकर्णेश्वर युवा उपकार क्लब गोकर्णेश्वर-४ ले भोलि माघ १६ गते स्वास्थ्य सिविर र रक्तदान गर्ने

गोकर्णेश्वर युवा उपकार क्लब गोकर्णेश्वर-४ ले भोलि माघ १६ गते स्वास्थ्य सिविर र रक्तदान गर्ने

कपन अनलाइन

काठमाडौ,माघ १५ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा उपकार क्लब गोकर्णेश्वरले माघ १६ गते  शहीद दिवसको दिन स्वास्थ्य सिविर र रक्तदान कार्यक्रम गर्ने भएको छ । शहीदहरुको योगदानलाई सम्मान गर्दै  बिगतमा जस्तै यस वर्ष पनि गोकर्णेश्वर युवा क्लब र लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरले संयुक्त रुपमा   गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बिहान ९:३० बजे देखि १ बजे सम्म  नि:शुल्क स्वास्थ्य सिविर र रक्त दान कार्यक्रमको आयोजना गर्ने भएको हो ।

उक्त स्वास्थ्य सिविरमा नि:शुल्क नाक कान,घांटीको स्वास्थ्य परिक्षणका  साथै रक्तदान कार्यक्रम गर्ने भएकोले उक्त कार्यक्रममा सहभागी हुनको लागि क्लबले सार्बजनिक सूचना मार्फत अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।