धरान फुटबल कल्ब आर्मीलाई हराउदै आहा रारा गोल्डकपको सेमीफाइनलमा प्रवेश

धरान फुटबल कल्ब आर्मीलाई हराउदै आहा रारा गोल्डकपको सेमीफाइनलमा प्रवेश

कपन अनलाइन

काठमाडौ, माघ १४।

पोखरामा जारी आहा रारा गोल्डकपको आज भएको क्वाटरफाइनल खेल नेपाल आर्मीलाई पेनाल्टी शुट आउटमा ५-४ ले हराउदै  धरान फुटबलकल्ब  सेमी फाइनलमा प्रवेश गरेको छ ।

खेलको पहिलो हाफमा आर्मीका कप्तान भरत खवासले खेलको १८ औं मिनेटमा पहिलो गोल गरेका थिए। खेलको पहिलो हाफमा आर्मीले कुनै थप गोल गर्न सकेन भने धरान फुटबलको पनि खेलमा फर्कने प्रयास सफल हुन सकेन।

तर खेलको दोस्रो हाफमा धरान फुटबल कल्बले गोल गर्दै खेल बराबरीमा ल्याएको थियो ।निर्धारित ९० मिनेटमा दुबैबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

अतिरिक्त समयमा पनि दुवै टिमबाट गोल हुन नसके पछि खेल पेनाल्टी शुट आउटमा पुगेको थियो ।पेनाल्टीमा धरान फुटबल कल्बले  ५ -४  आर्मीलाई हराएको हो ।

तपाइँको प्रतिक्रिया ।