माघ १४ गते १ बजे बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा कपन अनलाइन पुग्दा
कपन अनलाइन
काठमाडौ, माघ १४।
करिब दिउसोको १ बजे कपन अनलाइनको टिम बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा पुग्दा सेवाग्राहीहरु सेवा लिंदै गरेको अवस्थामा भेटिएको थियो।
सोहि वडामा आज हामि पुग्दा संजीवनी सोसाइटी नामक संस्थाको सहकार्यमा वडामा अचार बनाउने तालिममा महिलाहरु सहभागी हुदै गरेको अवस्थामा भेटिएको थियो।
हामी वडा अध्यक्षको कार्यलयमा पुग्दा उनि सेवा ग्रहिको को काम गर्दै थिए भने वडा सदस्यहरु बिमल लामा बिनोद तामांग र रत्ना नगर्ची समेत सेवा ग्राहीको कामलाई सहजीकरण गरिरहेका थिए भए आज महिला वडा सदस्य भगवती निरौला भने वडा कार्यलयमा अनुपस्थित रहेकी थिइन ।
वडा अध्यक्ष राजु अधिकारीले वडामा जनप्रतिनिधि आइसके पछी सेवा प्रवाहमा सहजता भएको बताए उनले सेवाग्राहीले प्रशासनिक हिसाबले राम्रै सुबिधा पाएको र वडाको तर्फ बाट गर्नु पर्ने सेवामा कमि नगरेको चुस्तदुरुस्त र आफ्नो क्षमताले भ्याए सम्म सेवा प्रवाहमा कमि नगरेको बताए जनताहरु सिधै आउदा खेरि आफ्नै घर भित्र छिरे जस्तो अनुभव गरेको सेवाग्राहीले बताउने गरेको अनुभब सुनाए।
उनले हिजो कर्मचारी हुँदा र अहिले जनप्रतिनिधी हुँदा आफ्नै दाजु भाइ हुँदा आकास पातालको फरक महसुस गरेको सुनाउने गरेको समेत बताए । उनले करको सवालमा पहिलेको भन्दा केहि बृद्दि भएकोमा केहि जनताले गुनासो गर्ने र केहि जनताले यो ठिक छ कर राज्यकै ढुकुटीमा जाने हो र दुइ चार पैसा बढी तिर्दा केहि पनि हुँदैन भन्ने जस्तो कुरा गरेको पनि सुनाए ।
उनले वडामा कर्मचारीको अभाब भएकोले सेवाग्राहीलाई केहि असहज भएको पनि बताए ।उनले ३ जना कर्मचारीले वडा चलाउनु पर्दा बिहान दश बजे देखि बेलुका ४ बजे सम्म कामको चाप हुने गरेको पनि बताए ।उनले सचिंब पनि वडामा प्राप्त गर्न सकेको छैन र नगरपालिका प्रशासनले धेरै चोटी अनुरोध गरेपनि प्राप्त गर्न नसकेको बताए। उनले कर्मचारी अभाबले गर्दा सेवाग्राहीलाई समय लाग्ने ढिलासुस्ती हुने गरेको पनि स्वीकारे।
सोहि क्रममा हामीले म वडा कार्यलयमा आएका सेवाग्राहीलाई वडामा सेवा प्रवाह कतिको सहज महसुस गर्नु भएको छ भनेर सोधेका थियौ। सेव़ा ग्राही इन्द्र प्रसाद न्यौपानेले सेवामा सहज महसुस गरेको बताए। पहिलेको तुलनामा अहिले काम सहज ढंग संग संचालन भएको समेत बताए । उनले पहिला झन्झटिलो प्रक्रिया रहेकोमा अहिले कर्मचारी र जनप्रतिनिधिले सहज ढंगले काम गरिरहेको बताए।
सोहि क्रममा हामीले अर्का सेवा ग्राही राममन्दिरमा बसोबास गर्ने बिक्रम अधिकारी पनि सोधेका थियौ। उनले पनि अहिले सम्म वडाको काम सन्तोषजनक भएको बताए ।उनले भविष्यमा हेर्दै जाउ कतिको प्रभाबकारी हुन्छ समेत भने।
हामीले वडाका सचिब रमा विश्वकर्मालाइ पनि जनप्रतिनिधी हरु संग काम गर्दा कतिको सहज महसुस गर्नु भएको छ भनेर सोधेका थियौ । उनले जवाफमा काम गर्न सहज नै भएको बताइन।उनले पहिला भन्दा सेवाग्राहीले काम छिटो सजिलो संग पाएको बताइन ।
उनले पहिला जति पर्खिनु परेको छैन ।जनप्रतिनिधि आइसकेपछि बिभिन्न खालका समस्याहरुलाई कर्मचारीले ह्यान्डल गर्नु परेको छैन उहाहरु आफैले ह्यान्डल गर्नु हुन्छ। योजनाको कुरामा पनि जनप्रतिनिधीहरु आफैले सहज तरिकाले काम गरिरहनु भएको छ काम गर्ने क्रममा कर्मचारीको अभाब रहेको र त्यसले गर्दा सेवा प्रवाहमा बिभिन्न समस्या उब्जेको पनि बताइन ।
उनले नगरपालिकाले कम्प्युटरमा दक्ष र बिषय बिज्ञ स्थानीय निकायको कामहरुमा सहज तरिकाले गर्नको लागि कर्मचारी छिटो भन्दा छिटो पठाई दियोस भन्ने लागेको बताइन ।
कार्यलयमा कि जनप्रतिनिधिहरुले समय कार्यलयमा दिन नसकेकोले सेवा ग्राही केहि असन्तुस्ट रहेको पनि उनले बताइन ।यसमा जनप्रतिनिधिहरुको काम नै फिल्डमा रहने हुँदा पनि समस्या आएको भन्दै समय भन्दा कहिले अघि र कहिले पछि आउने हुँदा सेवाग्राही असन्तुष्ट रहेका छन् यद्यपि हामीले सेवाग्राहीलाई सहज ढंग बाट सेवा उपलब्द गराउन हामी लागेको परेको उनको भनाइ थियो ।