स्वदेशी जडीबुटीको प्रयोग गर्न सके ठूलो धनराशि विदेशिन बाट जोगिन्छ :जीवनराम श्रेष्ठ

स्वदेशी जडीबुटीको प्रयोग गर्न सके ठूलो धनराशि विदेशिन बाट जोगिन्छ :जीवनराम श्रेष्ठ

कपन अनलाइन 

काठमाडौ,माघ १४।

काठमाडौं क्षेत्र नं ८ का नवनिर्वाचित प्रतिनिधिसभा सांसद जीवनराम श्रेष्ठले स्वदेशी जडीबुटीको प्रयोग गरी शृङ्गारका सामान निर्माण गर्न सकेमा ठूलो धनराशि विदेशिनबाट रोकिने बताउँदै त्यसले मुलुकको व्यापार घाटा न्यूनीकरणमा सहयोग गर्ने बताए ।

त्यस्तै नेकपा (एमाले) का उपाध्यक्ष एबम प्रदेस क्षेत्र ख का सदस्य अष्टलक्ष्मी शाक्यले वाम गठबन्धनको सरकार गठन भएपछि निर्वाचनपूर्व जनतालाई गरिएका प्रतिबद्धता पूरा गरिने बताएकी छिन ।

नेपाल कस्मेटिक व्यवसायी संघको दोस्रो साधारणसभाको उद्घाटनका क्रममा उनले मुलुकमा उत्पादनका क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना गर्दै देश र जनतालाई समृद्धिको यात्रामा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन ।

केन्द्रीय सरकार गठन भएपछि चाँडो प्रादेशिक सरकार गठन हुने बताउँदै उनले अब प्रादेशिक सरकारले व्यवसायीलाई शान्ति सुरक्षा प्रदान गर्ने विचार व्यक्त गरिन ।

त्यस्तै व्यवसायी आनन्द श्रेष्ठले कालाबजारीका कारण त्यस क्षेत्रको व्यवसाय अप्ठेरोमा रहेको बताउँदै गुणस्तरीय उत्पादन आपूर्ति गर्नका लागि सरकारले बजारलाई अनुगमन गर्नुपर्नेमा जोड दिए ।

संघका अध्यक्ष लक्ष्मीप्रसाद पौडेलले स्वदेशी उत्पादनलाई सहयोग गर्ने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिँदै उत्पादक कम्पनी, डिलर तथा व्यवसायीबीच समन्वय गरी उपभोक्तालाई लाभान्वित गरिने बताए ।

 

तपाइँको प्रतिक्रिया ।