स्वयम्भु र काष्ठमण्डप सम्पदा मार्ग निर्माण गर्न पहल गर्नेछु :राजेश शाक्य (सदस्य ,प्रदेस नं ३ )

स्वयम्भु र काष्ठमण्डप सम्पदा मार्ग निर्माण गर्न पहल गर्नेछु :राजेश शाक्य (सदस्य ,प्रदेस नं ३ )

कपन अनलाइन

काठमाडौ,माघ १२ ।

काठमाडौ निर्वाचन क्षेत्र नं ८  प्रदेस क्षेत्र १  का प्रदेस सभा सदस्य राजेश शाक्यले आफ्नो क्षेत्रको विकास निर्माण र प्रदेसमा बनाउनु पर्ने नियम ,कानुन,विधि र प्रक्रिया निर्माण गर्ने काममा सक्रिय हुने बताए ।

सपथ ग्रहण पश्चात कपनअनलाइन लाइ प्रतिक्रिया दिंदै उनले आफ्नो क्षेत्रमा ५  वटा वडा पर्ने भन्दै कामपा १३  ,१९  २०, २३  र २४ को  बिकास निर्माण  सक्रियता पुर्वक लाग्ने भन्दै क्षेत्रको भौतिक ,सांस्कृतिक र सामाजिक विकासको लागि  त्यहा भएका समस्या निराकार गर्नको लागि स्थानीय बुद्दिजिबी संग अन्तरक्रिया गर्दै त्यस बाट निचोड निकालेर अघि बढ्ने बताए।

उनले आफ्नो क्षेत्रमा बिश्व सम्पदा सुचिमा परेका मल्लकालीन राजधानी समेत भएको र गत २०७२ सालको महाभूकम्पले विश्व सम्पदा सुचिमा परेका सम्पदा पुनःनिर्माणमा सक्रिय हुने समेत बताए ।

उनले विश्व सम्पदा सुचिमा परेको स्वयम्भु र काष्ठमण्डप क्षेत्रको दुरी लाइ पदमार्ग को  पहिचान गरि  निर्माण कार्यमा लाग्ने समेत बताए। उनले भूकम्प पिडितले पाउन नसकेको सरकारले दिने भनेको २५ लाख सम्मको ऋण पाउने बातावरणको लागि पनि पहल गर्ने बताए।

त्यस्तै गरि मनमती खोलालाइ ब्यबस्थित गर्नु पनि रहेको बताए उनले क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नको लागि सुरक्षा निकाय संग सहकार्य समन्वय गरि अघि बढ्ने पनि बताए ।

उनले नियमित कामका साथै  प्रदेस सभामा दरिलो ढंगले प्रस्तुत हुने र क्षेत्रका जनता संग निर्वाचन दौरान गरेका वाचा र प्रतिवदत्ताहरु पुरा गर्न दत्तचित भएर लाग्ने बताएका छन ।

उनले निर्वाचनको दौरानमा आहोरात्र खट्ने सबै समर्थक सुभचिन्तकहरु र मतदाताहरुलाई बिशेष धन्यवाद दिंदै निर्वाचनको समयमा आफुलाई मत नदिएको मा आफ्नो कमि कमजोरी बताई खुल्ला ढंगले सुझाब दिन समेत अनुरोध गरेका छन। उनले निर्वाचित भए पछि आफु सबैको साझा प्रतिनिधि भएको हुनाले सबैको सकारात्मक सुझाब र सहयोग आवश्यक रहेको बताए ।

तपाइँको प्रतिक्रिया ।