क्षेत्रका प्रत्येक वडालाई सडक संजालले जोड्ने मेरो मुख्य काम हुनेछ :मोहन कुमार खड्का(सदस्य ,प्रदेस नं १ )
कपन अनलाइन
काठमाडौ, माघ १४।
ओखलढुंगाजिल्ला प्रदेस क्षेत्र नं २ प्रदेस क्षेत्र २ का प्रदेस सभा सदस्य मोहन कुमार खड्काले आफ्नो क्षेत्रको विकास निर्माण र क्षेत्रको सम्वृद्धिको लागि भूमिका खेल्ने र निर्वाचनमा जनता संग गरेका वाचा र नेपालको इतिहासमा पाएको स्वर्णिम अवसरलाई मन वचन र कर्मले पुरा गर्ने बताएका छन ।
सपथ ग्रहण भएपछी कपन अनलाइनलाई प्रतिक्रिया दिंदै उनले आफ्नो क्षेत्रको वडा वडामा पुग्ने बाटोमा समस्या रहेकोले उक्त बाटो निर्माणको साथै ठेकेदारहरुले समयमा काम पुरा नगर्ने प्रवृति अन्त्य गर्ने बताएका छन।
उनले ५ वर्ष भित्र आफ्नो क्षेत्रमा बिजुली पुर्याई अन्धकारमुक्त बनाउन आफुले पहल गर्ने समेत बताएका छन साथै उनले प्रशासनको सुधार आर्थिक अनियमितता रोक्दै जनताको पैसा जनताकै समृद्दीमा लगाउने बताए।
उनले विधिको शासन अनुरुप परिबर्तनको महसुस घर घरमा पुर्याउने समेत बताए । उनले प्रदेसमा बनाउनु पर्ने नियम ,कानुन,विधि र प्रक्रिया निर्माण गर्ने काममा सक्रिय हुने बताए ।
उनले निर्वाचनमा सहयोग गर्ने आम जनता सबै समर्थक सुभचिन्तक, मतदाताहरुलाई धन्यवाद दिदै क्षेत्रका जनता संग निर्वाचन दौरान गरेका वाचा र प्रतिवदत्ताहरु पुरा गर्न दत्तचित भएर लाग्ने बताएका छन ।
