देव दर्शन साकोस चन्द्रागिरी  १० ले प्रदेश सदस्यहरूलाई सम्मान गर्यो

देव दर्शन साकोस चन्द्रागिरी  १० ले प्रदेश सदस्यहरूलाई सम्मान गर्यो

कपन अनलाइन

काठमाडौ,माघ १४ ।

चन्द्रागिरी नगरपालिका वडा नं ५  मा संचालित देव दर्शन वचत तथा ऋण सहकारी सस्थाले अाफ्नै सेयर सदस्य रहेका ३ जना प्रदेश सदस्यहरूलाई सम्मान  गरेको छ ।

देव दर्शन वचत तथा ऋण सहकारी सस्थाले चन्द्रागिरी  १० वाट निर्वाचित सांसदहरूलाई ताम्रपत्र सहित समान गरेकाे छ ।राजधानिकाे चन्द्रागिरि ५ स्थित अाफ्नै भवनमा सहकारीले विशेष कार्यक्रमको अायाेजना गरि वधाई तथा समान गरेकाे हाे ।

प्रदेश नम्बर ३ ख वाट प्रत्यक्ष निर्वाचित प्रदेश सदस्य रमा अाले मगर, समानुपातिक सदस्य दाेय वेली माया घले र उर्मिला कर्मचार्य सम्मानित भएका हुन । सम्मान कार्यक्रममा वाेल्दै काठमाडौ १० ख का प्रदेश सभा सदस्य रमा अाले मगरले ३ नम्बर प्रदेशलाई सवै दृष्टिकाेणले भव्य र सभ्य वनाउन सवैकाे साथ र सहकार्य अावश्यक रहेकाे बताइन  ।उनेले नीति सुशासनमा देखिएकाे वेथिति अब चाडै हल हुँदै जाने बताएकी थिइन्   ।

कार्यक्रममा राप्रपा नेपालकाे केन्द्रीय सदस्य तथा समाज सेवी देवेन्द्र प्रधानले संस्थाले गरेकाे कार्यकाे उच्च मुल्यांकन गर्दै ३ नम्बर प्रदेशकाे विकासमा सवै तवर वाट साथ र सहयाेग गर्न तयार रहेकाे वताए  । कार्यक्रममा वाेल्दै देव दर्शन वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राम नारायण घिमिरेले समानित सवैलाई कार्यकालकाे शुभकामना दिदै हरेक जनताहरूकाे अार्थिक समृद्ध र गरिबी निर्भारणमा संस्थाले महत्त्वपूर्ण याेगदान दिने वताएका थिए  ।

कार्यक्रममा संस्था वाट ८ जनालाई थाईल्यान्ड टुर पश्चात् त्यहाकाे विकास र पर्यटकीय महत्व र नेपाललाई कसरी अार्थिक पर्यटन वाट अगाडि वढाउन सकिन्छ भने विषयमा अन्तरक्रिया समेत भएकाे थियो  । कार्यक्रमको सञ्चालन संस्थाका प्रतिनिधि पेशल खतिवडाले गरेका थिए  ।

फोटो सौजन्य : रोशन दानी

तपाइँको प्रतिक्रिया ।