आर्थिक क्रान्तीलाई अगाडी बढाएर देशलाई उभो लगाउनु पर्छ : विधा सुन्दर शाक्य
कपन अनलाइन
काठमाडौं,माघ १३ ।
शहिद सप्ताह मूल समारोह समितिका संयोजक एवम काठमाडौं महानगर पालिकाका मेयर विधा सुन्दर शाक्यले देशमा राजनीतिक क्रान्ती धेरै भई सकेकाले अब विकासलाई प्राथमिकता दिन नसक्ने हो भने राजनीतिक क्रान्तीको महत्व घट्ने हुनाले सबै मिलि आर्थिक क्रान्तीलाई अगाडी बढाएर देशलाई उभो लगाउन सकेमा मात्र शहिदहरुले देश प्रति प्राण आहुति दिएको सार्थक हुने र उनीहरु प्रति सहि रुपले सम्मान हुने बताएका छन् ।
शहिद सप्ताह कार्यक्रम अन्तर्गत कामपा वडा नं.७ सिफलमा धर्म भक्त माथेमाको शालिकमा माल्यर्पण पछी आयोजित कार्यक्रममा उक्त कुरा बताएका हुन ।
शहिदका नाम जस्तोसुकै घटनामा मरेका व्यक्तिलाई शहिद घोषणा गर्ने परिपाटी सबै राजनीतिक दलले त्याग्नु पने पनि शाक्यले बताए ।
कार्यक्रम बोल्दै शहिद सप्ताह कार्यक्रमकी उप-संयोजक एवम काठमाडौं महानगर पालिकाकाकी उप मेयर हरिप्रभा खड्कीले काठमाडौं महानगर पालिकाकाको मातहतमा शिक्षा निकाय आइसकेको हुदा शहिद सवन्धी कुराहरु पाठ्यक्रममा राख्न पहल गर्नु पने बताउदै यसो गर्न सकेमा मात्र शहिद प्रति सम्मान हुने हुदा सबैले शहिदहरुले देखेको सपना साकार पार्न हातेमालो गर्नुपर्ने बताईंन।
त्रि बि का पुर्व उपकुलपति डा. केदार भक्त माथेमाले शहिदका बारेमा शिक्षा प्रणाली मै ब्यव्स्था गर्न सकेमा नयाँ पुस्ताले आफ्नो इतिहासका बारेमा ज्ञान पाउने हुनाले यस तर्फ सबैले पहल गर्नु पर्ने बताए ।
कार्यक्रमका सभाध्यक्ष एवम वडा नं. ७ का अध्यक्ष सुद्ध कुमार डंगोलले परिबर्तन असम्भव नभएकाले सबै मिलेर काम गर्न सकेमा सम्भव रहेकाले सबैलाई आफनो ठाउँ बाट लाग्न अनुरोध गरेका थिए ।
उक्त कार्यक्रममा कामपाका वडा अध्यक्षहरु, महानगरपालिकाका बिभागीय प्रमुखहरु, कर्मचारी र स्थानीय संघ संस्थाका प्रतिनिधिहरु र शहिद परिवारका सदस्यको उपस्थिति रहेको थियो । शहिद सप्ताह अन्तर्गत महानगरपालिकाले माघ १० गते देखी १६ गते सम्म बिभिन्न कार्यक्रम गरी मनाउदै आएको छ ।