म्यानचेस्टर युनाइटेडले इओभिल टाउनलाई ४-० पराजित

म्यानचेस्टर युनाइटेडले इओभिल टाउनलाई ४-० पराजित

कपन अनलाइन 

एजेन्सी, १३ माघ । शुक्रबार राति भएको एफएकपमा म्यानचेस्टर युनाइटेडले इओभिल टाउनलाई ४-० गोलले पराजित गरेको छ । यसै सिजन आर्सनलबाट म्यानु आएका एलेक्सिस सान्चेजले पनि यसै खेलमार्फत डेब्यु गरे ।

यस सानदार खेलमा मार्कस र्यासफोर्डले खेलको ४१ औ मिनेटमा गो गर्दै म्यानुलाई अग्रता दिलाए । खेलको ६१ औ मिनेटमा एण्डर हेरेराले गोल गरे । दुई गोलको अग्रता बनाएको म्यानुका लागि खेलको ८९ औ मिनेटमा जेस्सी लिंगार्डले गोल गरे । खेल सकिन केही मिनेट बाँकी रहँदा रोमेलु लुकाकुले गोल गरे ।

तपाइँको प्रतिक्रिया ।