मेरो क्षेत्रका कामपा १६ ,१७, १८ र २५ को बिकास निर्माण सक्रियता पुर्वक लाग्नेछु :बसन्त मानन्धर (सदस्य,प्रदेस नं ३ )
कपन अनलाइन
काठमाडौ,माघ ११ ।
काठमाडौ निर्वाचन क्षेत्र नं ७ प्रदेस क्षेत्र १ का प्रदेस सभा सदस्य बसन्त मानन्धरले संबिधानले दिएको २२ वटा अधिकार जनताको लागि अधिकतम उपयोग गरि विकास निर्माण कार्यमा जुट्ने र प्रदेसमा बनाउनु पर्ने नियम ,कानुन,विधि र प्रक्रिया निर्माण गर्ने काममा सक्रिय हुने बताए ।
सपथ ग्रहण गरे पश्चात कपन अनलाइनलाई प्रतिक्रिया दिदै मानन्धरले आफ्नो क्षेत्रमा ४ वटा वडा पर्ने भन्दै कामपा १६ ,१७ १८ र २५को बिकास निर्माण सक्रियता पुर्वक लाग्ने भन्दै क्षेत्रको भौतिक ,सांस्कृतिक र सामाजिक विकासको लागि त्यहा भएका समस्या निराकार गर्नको लागि स्थानीय बुद्दिजिबी संग अन्तरक्रिया गर्दै त्यस बाट निचोड निकालेर अघि बढ्ने बताए।
साथै उनले नियमित कामका साथै प्रदेस सभामा दरिलो ढंगले प्रस्तुत हुने र क्षेत्रका जनता संग निर्वाचन दौरान गरेका वाचा र प्रतिवदत्ताहरु पुरा गर्न दत्तचित भएर लाग्ने बताएका छन । उनले निर्वाचनको दौरानमा आहोरात्र खट्ने सबै समर्थक सुभचिन्तकहरु र मतदाताहरुलाई बिशेष धन्यवाद पनि दिएका छन ।