मानव अधिकार उल्लंघनका घटनालाई संक्रमणकालीन न्यायमार्फत सम्बोधन गर्नुपर्नेमा जोड

मानव अधिकार उल्लंघनका घटनालाई संक्रमणकालीन न्यायमार्फत सम्बोधन गर्नुपर्नेमा जोड

कपन अनलाइन 

काठमाडौँ, ९ माघ । द्वन्द्वको समयमा भएका मानव अधिकार उल्लंघनका घटनालाई विश्वसनीय संक्रमणकालीन न्याय प्रक्रियामार्फत सम्बोधन गर्नुपर्नेमा नेपालस्थित कूटनीतिक समुदाय र मानव अधिकार रक्षकहरूले जोड दिएका छन् ।

दोस्रो विश्व युद्धका बेला मारिएका दशौँ लाख यहुदीको सम्झनामा होलोकोष्ट स्मृतिका सन्दर्भमा यहाँस्थित संयुक्त राष्ट्र«संघ, युरोपेली संघ, जर्मनी तथा इजरायलद्घारा संयुक्तरुपमा काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले होलोकोष्ट स्मृति दिवसले विगतका आमसंहारलाई पुनर्ताजगी गरेको बताए ।

नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड शेफरले इतिहासमा भएको दुःखद् घटना जर्मनीका लागि लज्जास्पद भएको उल्लेख गरे ।क्याम्बोडिया, रुवाण्डा, बोस्नीया, डार्फरसहित जर्मनीमा भएका त्यसबेलाका आमसंहारमा मारिएकाको सम्झनामा सन् २००५ मा संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष जनवरी २७ लाई होलोकोष्ट स्मृति दिवसको रुपमा मनाउँदै आएको छ ।

तपाइँको प्रतिक्रिया ।