सपथ ग्रहण गरे पछि प्रदेस सभा सदस्य छिरिंग दोर्जे लामाले के भने ?
कपन अनलाइन
काठमाडौं,माघ ८ ।
काठमाडौं क्षेत्र नं ३ प्रदेस क्षेत्र १ का प्रदेस सभा सदस्य छिरिंग दोर्जे लामाले सपथ ग्रहणमा लेखिएको कुरालाई पूर्ण रुपमा जनता प्रति उत्तरदायी भै दिन रात नभनी प्रदेश र क्षेत्र मा खट्ने साथै निर्वाचनमा जनता संग गरेका वाचा र नेपालको इतिहासमा पाएको यो स्वर्णिम अवसरलाई मन वचन र कर्मले पुरा गर्ने बताएका छन
हिजो हेटौडामा सपथ ग्रहण गरे पश्चात कपन अनलाइनलाई पहिलो पटक प्रतिक्रिया दिदै लामाले अवका दिनमा आफ्नो क्षेत्र र प्रदेसको विकास निर्माण र क्षेत्रको समृधिका साथमा प्रदेसमा बनाउनु पर्ने नियम ,कानुन,विधि र प्रक्रिया निर्माण गर्ने काममा सक्रिय हुने बताए उनले निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा प्रदेस सभामा गर्नुपर्ने काममा सक्रियता पुर्वक लाग्ने भन्दै आफ्नो मुख्य काम आफ्नो क्षेत्रको भौतिक ,सांस्कृतिक र सामाजिक विकास रहेको बताए ।