सुजुकी कप फुटसल प्रतियोगिता सम्पन्न

सुजुकी कप फुटसल प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाडौं,माघ ८ ।

सुजुकी कप फुटसल प्रतियोगिता २०१८ को विजेता अटो एभ  बनेको छ । सुजुकी गाडीको नेपासम्पन्न लका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्पले आफ्ना सर्भिस सेन्टरहरु बीचमा आयोजना गरेको उक्त फुटसल प्रतियोगितामा अटो एभ विजयी बनेको हो । अटो एभले एआईटी, पुल्चोक सर्भिस युनिटलाई २- ० को गोल अन्तरले  पराजित गरि उपाधि जितेको थियो।

सुजुकीका विभिन्न १२ सर्भिस सेन्टरका टिम बीच धुम्बाराहिको धयन्तरी फुट्सलमा   उक्त प्रतियोगिता भएको थियो । सोहि  फुटसल प्रतियोगितामा  अटो एभका दीपेन्द्र डंगोल हाई स्कोरर घोषित भए त्यस्तै गरि  विश्व कार्कीले बेस्ट गोलकिपरको उपाधि प्राप्त गरेको अटो एभका टिम म्यानेजर मधुसूदन सिग्देलले कपन अनलाइनलाइ बताए ।

तपाइँको प्रतिक्रिया ।