कपन डोजांग र जुगल स्कुलले आयोजना गरेकोअन्तर बिद्यालय तेक्वान्डो प्रतिष्पर्धा सम्पन्न

कपन डोजांग र जुगल स्कुलले आयोजना गरेकोअन्तर बिद्यालय तेक्वान्डो प्रतिष्पर्धा सम्पन्न

कपन अनलाइन

काठमाडौ,माघ ७।

बुढानिलकण्ठ नगरपालिका  वडा नं १०  कपनमा रहेको जुगल इंगलिस मेडियम स्कुलमा कपन डोजांग र जुगल स्कुलको संयुक्त रुपमा आयोजना गरेको अन्तर बिद्यालय तेक्वान्डो प्रतिष्पर्धा समापन भएको छ।विभिन्न २४ विद्यालयका २०० भन्दा बढी विद्यार्थी सम्मीलित अन्तर-विद्यालय तेक्वान्डो प्रतिस्स्पर्धाको समापन भएको छ ।

उक्त समापन कार्यक्रम को प्रमुख अतिथि काठमाडौ निर्वाचन क्षेत्र नं ४ बाट बिजयी भएका सांसद गगन कुमार थापा रहेका थिए भने अतिथिहरुमा काठमाडौँ जिल्ला खेलकुद विकास समितिकाअध्यक्ष धुर्बराज न्यौपाने ,बिद्यालय संचालक कमल कंडेल ,डोर प्रसाद आचार्य ,बिभिन्न विद्यालयका प्रिन्सिपल र सहभागी बिद्यालयका प्रतिनिधि सहित बिद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमका सभाध्यक्षता श्याम थापा मगर रहेका थिए भने कार्यक्रम संचालक जुगल इंगलिस मेडियम स्कुलकी शिक्षिका दिपा चौलागाईले गरेकी थिइन्।

उक्त तेक्वान्डो प्रतिस्स्पर्धामा    बिजयी हुने बिद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गगन कुमार थापाले पुरस्कार    वितरण गरेका थिए। उक्त प्रतिष्पर्धामा  प्रथम  स्थान जुगल इंगलिस मेडियम स्कुलले  हासिल गरेको थियो भने दितिया स्थान शारदा एकेडेमी भयो भने तेस्रो स्थान थ्री स्टार स्कुल भएको थियो।

कार्यक्रम मा बोल्दै प्रमुख अतिथि गगन कुमार थापाले आफु खेल जगतलाई माया गर्ने भएकोले भबिष्यका कर्णधार बिद्यार्थीहरुलाई समय अनुसारको प्रतिष्पर्धामा लैजान जरुरी भएको बताए उनले आगामी दिनमा खेल जगतलाई सहयोग र माया गर्ने बताएका थिए साथै उनले आयोजकलाइ धन्यवाद दिएका थिए

सोहि कार्यक्रममा बोल्दै जुगल इंग्लिस मिडियाम स्कुलका प्रिन्सिपल बिबेक विनयीले जुगल स्कुल शिक्षा संग संगै अतिरिक्त क्रियाकलापको माध्यम बाट बिध्यार्थीहरुको सर्वांगीण बिकासमा लागेको बताए उनले यसैको कारणले गर्दा  जुगल स्कुल क्षेत्रको उदयीमान शैक्षिक संस्था  हुन पुगेको समेत बताएका थिए।

 

तपाइँको प्रतिक्रिया ।