चन्द्रागिरि नगरपालिका वडा नं  १२ मा “समृद्धि  :एक्काईसौ शताब्दी नेपाल-भारत संबन्ध “गोष्ठी हुदै

चन्द्रागिरि नगरपालिका वडा नं  १२ मा “समृद्धि  :एक्काईसौ शताब्दी नेपाल-भारत संबन्ध “गोष्ठी हुदै

कपन अनलाइन

काठमाडौ, माघ ७ ।

चन्द्रागिरि नगरपालिका वडा नं  १२ मा नेपाल र भारतका विज्ञ टाेली सहित समृद्ध नेपालका लागि फेव्रुवरी  २०१८ मा कार्यपत्र प्रस्तुति  सहित गाेष्ठी हुँदै ।

काठमाडौ नेपाल भारत मानब बिकास एबं मैत्री संघले आउदो फरबरी २०१८ मा आयोजना गर्न लागिएको “समृद्धि  :एक्काईसौ शताब्दी नेपाल-भारत संबन्ध ” कार्यक्रमको तयारी छलफल सम्पन्न भएकाे छ ।

उक्त कार्यक्रममा पुर्व मन्त्री तारणी दत्त चटाैत ,पुर्व स्वास्थ्य राज्य मन्त्री तिर्थ राम डंगोल, त्यस्तैगरी चन्द्रागिरि नगरपालिका वडा नं  १२ का वडा अध्यक्ष प्रकास श्रेष्ठ ,देव दर्शन वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष राम नारायण घिमिरे, विभिन्न पेशा व्यवसायी संञ्चारकर्मि, लगायतकाे उपस्थिति रहेकाे थियाे ।

चन्द्रागिरि नगरपालिका वडा नं  ८ स्थित करूना विहारमा सम्पन्न तयारी वैठकले देशकाे अार्थिक,सामाजिक,समृद्धिका लागि दुई देश विचकाे विभिन्न विषयमा दक्ष र विज्ञ टाेली सहित यहि फेब्रुअरी २०१८ मा चन्द्रागिर नगरपालिकाे वलम्वु १२ मा विशाल छलफल तथा अन्तकृया गर्ने भएकाे छ  ।

नेपाल  भारत मानव बिकास एबं मैत्री संघका अध्यक्ष सुर्य भुसालकाे अध्यक्षतामा कार्यक्रम सञ्चालन भएकाे थियाे । नेपाल भारत मानब बिकास एबं मैत्री संघका महासचिव राजेन्द्र विक्रम बानियाँले पछिलाे दुई देश विचकाे दुरीलाई नजिक ल्याउन र देशकाे अार्थिक समृद्धिकाे लागि नेपाल र भारतका सवै क्षेत्रमा दक्ष र विज्ञ टाेली सहित छलफल र वहस सहित निचाेड निकालिने वताएका थिए  । महासचिव बानियाँले दुई देश विच वार्ता र सहकार्य वाट अार्थिक र समृद्धिमा जाेडदिने वताएका थिए ।

फोटो सौजन्य:रोशन दानी

तपाइँको प्रतिक्रिया ।