बुढानिलकण्ठ-३ को होटेल हरियो पर्दा बाट रातो पाण्डाको छाला सहित ४ जना पक्राउ

बुढानिलकण्ठ-३ को होटेल हरियो पर्दा बाट रातो पाण्डाको छाला सहित ४ जना पक्राउ

कपन अनलाइन 

काठमाडौ,माघ ७/विजेन्द्र पुडासैनी

केन्द्रिय अनुसन्धान ब्युरो र प्रहरी प्रभाग बुढानिलकण्ठको संयुक्त टोलीले बुढानिलकण्ठ नगरपालिका वडा न ३ मा रहेको होटेल हरियो पर्दा बाट बुढानिलकण्ठको होटलबाट शनिबार प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

हरियो पर्दा होटलबाट प्रहरीले रेड पन्डाको छालाको कारोबारमा संलग्नहरुलाई पक्राउ गरेको हो। केन्द्रीय अनुसन्धान ब्युरो र प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको संयुक्त टोलीले २ वटा रेड पन्डाको छालासहित मकवानपुर घर भएका ३२ वर्षीय बिनोदकुमार राना सहित ४ जनालाई पक्राउ गरेको हो।

दुर्लभ वन्यजन्तु रेड पन्डाको छाला कारोबारको सूचनाका आधारमा छापा हानी प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो

तपाइँको प्रतिक्रिया ।