माघ १६ गते देखी बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा फुटसल  प्रतियोगिता हुने

माघ १६ गते देखी बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा फुटसल  प्रतियोगिता हुने

कपन अनलाइन 

काठमाडौ,माघ ६।

यहि माघ १६ गते देखी बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा फुटसल  प्रतियोगिता हुने भएको छ । आशा नामक सामाजिक संस्थाले मानसिक रोग बिरुद अभियान लड्ने उदेश्य राखेर यो प्रतियोगिता आयोजना गर्न लागिएको संस्थाले जनाएको छ ।

प्रतियोगितामा सामेल हुने टिमले रु २५०० प्रवेस सुल्क बुझाउने पर्नेछ । प्रतियोगिता बुनपा १० बालुवाखानीमा रहेको श्रेष्ठ फुट्सल एण्ड स्विमिंग पुलमा संचालन हुनेछ ।

प्रतियोगितामा सामेल हुन चाहने टिमले ९८४९८७३७०० ,९८१३६४२९१३ वा ९८१३७४१७०७ मा सम्पर्क गर्न सकिने आयोजकले बताएको छ ।

युवाहरुको पहलमा स्थापना भएको यस संस्थाले संचालन गर्ने यस प्रतियोगितालाई सिद्देश्वर योग साधना केन्द्रले सहयोग गरेको छ ।

अहिले मानसिक समस्या बढ्दै गएकोले त्यसको रोकथाममा भूमिका निर्वाह गर्नका लागि युवा वर्गमा सचेतना फैलाउन प्रचार स्वरूप यो प्रतियोगिता गर्न लागेको अध्यक्ष ममता सिवाकोटीले बताइन ।

 

तपाइँको प्रतिक्रिया ।