रास्ट्रिय एच आइ भी तथा एड्स महासंघको रास्ट्रिय भेला चितवनमा सुरु

रास्ट्रिय एच आइ भी तथा एड्स महासंघको रास्ट्रिय भेला चितवनमा सुरु

कपन अनलाइन 

चितवन ,माघ ६।

रास्ट्रिय एच आइ भी तथा एड्स महासंघको रास्ट्रिय भेला आज बाट चितवनमा सुरु भएको छ। २ दिन सम्म चल्ने सो रास्ट्रिय भेलाले विभिन्न महत्वपूर्ण निर्णयहरु गर्नेछ।

भेलामा महा संघ संग आवद्ध रहेका समुदायमा आधारित संस्थाहरुको सहभागिता रहेको छ । देशका विभिन् जिल्ला  बाट आएका प्रतिनिधिहरु विच   महासंघको आगामी कार्यक्रम र अन्य नीतिगत विषयहरुका वारेमा भेलामा छलफल हुने महासंघले जनाएको छ ।

सो भेलामा क्षयरोगको उपचार र रोकथाम अभियानमा प्रत्यक्ष संलग्नता ,उपचारमा लुकेर रहेका संक्रमितको संलग्नता र औसधिको गुणस्तर सुधार लगायतका विषयमा गहन छलफल गर्दै भोलि चितवन घोषणा पत्र जारी गरिने मह संघले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।