गोकर्णेश्वर नगरपालिका वडा नं ८ र  ९ आरुबारीमा सडक बिस्तार र मर्मत रोकियो

गोकर्णेश्वर नगरपालिका  वडा नं ८ र  ९ आरुबारीमा सडक बिस्तार र मर्मत रोकियो

कपन अनलाइन

काठमाडौँ,माघ ६ ।

गोकर्णेश्वर नगरपालिका को वडा नं ८ र  ९ को सिमाना  आरुबारीमा सडक बिस्तार र मर्मत  गर्ने उदेश्यका साथमामा सडक नाप्ने काम रोकिएको छ।  जग्गा विवाद भएकोले स्थानीय संग छलफल गरेर सहमति अनुसार सडक नाप्नको लागि आएको भए पनि  विवाद भएपछि सहमति  हुन सकेन।

स्थानीय संग  छलफल गर्ने र सहमतिमा ल्याउने  उदेश्यका साथ् गोकर्णेश्वर नगरपालिकाका प्रमुख ,काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राइ, वडा नं ९ का वडा  अध्यक्ष राजिब थापा , गोकर्णेश्वर नगरपालिका का प्रमुख सल्लाहकार दिपक रिसाल  सहित स्थानीयहरु पुगेका थिए।

उक्त नाप गर्ने टोलि फर्किएको थियो भने आइतबार  नापी कार्यलयमा गएर समस्या समाधानको लागि पहल गरिने भएको छ ।बाटो बिस्तार र सुधारको लागि प्रक्रिया अन्तिम चर मा पुगेको र यस्तै विवाद भइरहेमा बाटोको लागि आएको बजेट समेत फ्रिज हुने अवस्थामा पुग्ने भएकोले तत्काल समस्या समाधानको लागि पहल गरिरहेको कुरा गोकर्णेश्वर नगर पालिका प्रमुख सन्तोष चालिसेले स्थानियलाइ बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।