प्रथम दक्षिण एसियाली पेसापलो च्याम्पियनशिप २०१८ काठमाडौंमा शुरु

प्रथम दक्षिण एसियाली पेसापलो च्याम्पियनशिप २०१८ काठमाडौंमा शुरु

कपन अनलाइन

काठमाडौं,माघ ४ ।

प्रथम दक्षिण एसियाली पेसापलो च्याम्पियनशिप २०१८  ज्ञानेश्वरको सानोगौचरण खेल मैदानमा सुरु भएको छ । दुई दिनसम्म चल्ने खेलमा सहभागी मध्येबाट विजेता हुने टिमलाई पुरस्कार वितरण सहित माघ ५ गते खेल समापन हुने छ ।

प्रथम दक्षिण एसियाली पेसापलो च्याम्पियनशिप २०१८ मा भारतको नेसनल टिम र नेपालको तर्फ बाट ब्रेनल्याण्ड एकेडेमी पिकपोइन्ट एकेडेमी चुनिखेल १३ बुढानिलकण्ठ, तामाकोशी हाइस्कुल रामेछापका बिद्यार्थीहरु सहभागी रहेका छन।

पेसापेलो खेल फिनल्याण्डको  राष्ट्रिय खेलको रुपमा रहेको छ । नेपालमा पनि यस खेलको प्रचारप्रसार गर्दै प्रबर्धन गर्ने र २०१९ मा हुने विश्व कपमा सहभागी हुने उदेश्यले यो प्रतियोगिता संचालन गरिएको पिकपोइन्ट एकेडेमी बुन्पा १३  चुनिखेलका प्रिन्सिपल बिनय श्रेष्ठले बताएका छन्  ।

आज उद्घाटन कार्यक्रममा प्रमुख अतिथि डा. दिनेश चन्द्र देवकोटा, अतिथिहरु पेसापलो राष्टिय अध्यक्ष पारस मणि दाहाल, नेपालका लागी  फिनल्याण्डका राजदुत,नेसनल प्याब्सनका प्रतिनिधिहरु, सहभागी बिधालयका प्रिन्सिपल र प्रतिनिधि,बिभिन्न पब्लिकेसनका प्रतिनिधिहरु, कोचहरु र खेलाडीहरुको उपस्थिति रहेको थियो ।

उक्त अबसरमा आयोजकका तर्फबाट प्रमुख अतिथि,अतिथिहरु, सह प्रायोजक र  मिडिया पाटनरलाई मायाको चिनो प्रदान गरिएको थियो  ।

उक्त खेलको सह प्रायोजकको रुपमा शुभारम्भ पब्लिकेशन,युनिक पब्लिकेशन, र टाइम्स पब्लिकेशन रहेका छन भने मिडिया पाटनरका रुपमा टिभी टुडे, कपन अनलाइन, केटिएम खबर लगाएत रहेका छन्  ।

तपाइँको प्रतिक्रिया ।