बुढानिलकण्ठ नगरपालिका–३ बस्ने एक भारतीय नागरिक पक्राउ

बुढानिलकण्ठ नगरपालिका–३ बस्ने  एक भारतीय नागरिक पक्राउ

कपन अनलाइन 

काठमाडौ,माघ ३।

बुढानिलकण्ठ नगरपालिका–३ डेरा गरी बस्दै आएका  एक भारतीय नागरिकलाई  मंगलबार प्रहरीले पक्राउ गरेको छ

भारत सिक्किमका २० वर्षीय टोप्तेन लामालाई घरको छतबाट ड्रोन उडाइरहेको अवस्थामा ड्रोन र रिमोट सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा बस्ने २१ जना भारतीय नागरिक मध्येका लामाले उडाएको उक्त ड्रोन दरबारमार्गस्थित राइजिङ महलबाट मनोरञ्जनको लागि भन्दै गत मंसिर ८ गते ल्याएको खुल्न आएको छ भने प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।