तारेभिरलाई भुइँ स्याउ उत्पादनको विशेष क्षेत्र बनाउनु पर्दछ :सन्तोष चालिसे

तारेभिरलाई भुइँ स्याउ उत्पादनको विशेष क्षेत्र बनाउनु पर्दछ :सन्तोष चालिसे

कपन अनलाइन 

काठमाडौ,माघ १।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले तारेभिर क्षेत्रलाई भुइँ स्याउ उत्पादनको विशेष क्षेत्र बनाउने घोषणा गरेका छन । चौथो तारेभिर महोत्सवमा आफ्नो मन्तव्य राख्दै चालिसेले यस क्षेत्रमा भुइँ स्याउ उत्पादनको सम्भावना धेरै रहेकोले त्यसका लागि नगरपालिकाले पहल गर्ने बताएका हुन् ।उपत्यकामै सबै भन्दा धेरै भुइँ स्याउ उत्पादन हुने क्षेत्र तारेभिर भएकोले त्यसलाई अव व्यवसायीकरण गर्नुपर्ने र त्यसमा सहयोग गर्न नगरपालिका तत्पर रहेको चालिसेले बताए ।

उनले नगरपालिकाको तर्फ बाट यस उत्पादनको सम्भाव्यता अध्ययन र प्राविधिक तयारीको लागि स्थानीयहरुको माग अनुसारका कार्यक्रम संचालन गर्ने प्रतिवादत्ता व्यक्त गरेका हुन् ।स्थानीय उत्पादनको प्रवर्धन गर्दै तारेभिर क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउने आफ्नो लक्ष्य रहेको भन्दै चालिसेले यस क्षेत्रमा आउने सडक र अन्य पूर्वाधारको विकास भैरहेकोले चाडै तारेभिरको मुहार फेरिने बताएका थिए ।

महोत्सवले तारेभिर क्षेत्रलाई चिनाउन निकै सहयोग गरेको भन्दै उनले नगरपालिकाको तर्फ बाट आर्थिक,भौतिक र अन्य सबै किसमका सहयोग गर्न आफु तत्पर रहेको बताएका छन ।उनले चौथो वर्ष सम्म आइपुग्दा महोत्सवले निकै विकास गरेको भन्दै अझ आगामी दिनमा परिस्कृत हुदै जानु पर्ने बताएका छन ।

उनले पशुपतीनाथ ,बौद्धनाथ ,गुहेश्वरी र शिवपुरीलाई केन्द्र भागमा राखेर विशेष धार्मिक पर्यटन योजना बनाएको र त्यसले निकट भविस्यमै साकार रुप लिने बताए ।

उनले तारेभिरमा शिक्षा र स्वास्थ्यको पनि योजना बनाएको सुनाए जसमा तारेभिरमा आधुनिक स्वास्थ्य चौकी निर्माणको काम सुरु गरेको जानकारी दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।