बुढानिलकण्ठ नगरपालिका प्रमुखले तारेभिर महोत्सवमा कविता सुनाए
कपन अनलाइन
काठमाडौ,माघ १।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले चौथो तारेभिर महोत्सवमा भाषण नगरी कविता सुनाएका छन । शुभकामना मन्तव्य का लागि बोलाइएका खरेलले आफुले निर्वाचन अभियानमा नगरपालिकाको विकासमा केन्द्रित भएर लेखेको कविता वाचन गरेका हुन् ।
चनावी अभियानमा पर्यटन लाई विकासको आधारका रुपमा अगाडी बढाउनु पर्ने धारणा राखेका उनले कवितामा पनि आफ्नो नगर र छिमेकी नगरपालिकाका विभिन्न स्थानको विकासमा भूमिका खेल्ने योजना र स्थान समेटिएको कविता सुनाएका हुन् ।
बहुजनका नजरमा ठोकिन्छ यो अग्लो तारेभिर
पर्यटक र पाहुनाको भिड बढ्दै छ अव अग्ला पहाड तिर ।
उत्तर तर्फ निकुन्जको हरियाली जैविक विविधता
राजधानी महानगर संग जोडिएको छ निकुन्ज विशालता ।।
माथिका हरफहरुमा तारेभिरको बयान गरेका खरेलले कविताको विचमा पटक पटक पर्यटन विकास संग यस क्षेत्रको विकास जोडिएको बताएका थिए ।
पुर्व तर्फ गोकर्णेश्वर यज्ञडोल ऐतिहासिक
पश्चिम तर्फ टोखा पश्चिम शिर विस्वमा गजव छ नुवाकोट ।
दाया काग जुरो सरि गजव डाँडा गाउँ
चंडेश्वरी विष्णुपादुका नागी गुम्बा,तारेभिर हुँदै गोकर्ण पार्क जाउ ।।
यो हरफमा खरेलले आफुले निर्वाचन दौरानमा बनाउने भनेको पदयात्रा मार्ग सम्झेका छन जसको निर्माणमा पहल गर्ने उनले बारम्बार दोहोर्याउदै आएका छन ।
यी हुन् नगरका उच्च शिर हरियाली
सिंचन गर्ने खोला किनारको सुन्दरता बचाऊ
नगरका प्रति जग्गामा हरियाली बनाउने योजना बनाऊ
पर्यटन योजना बद्ध पूर्वाधार विकास ।
अनि फराकिला सडक हरियाली व्यवस्थित सुन्दर
ढिलो भै सक्यो बहस सुरु गरौ कस्तो बनाउने यो नगर।।
यस हरफमा उनले नगरको विकासका लागि योजना सुनाउदै जनताको विच बहस गर्ने र सुझाव लिने बताए ।
निकै साहित्यिक रुपमा प्रस्तुत भएका खरेलले महोत्सवमा उपस्थित अन्य नगरपालिकाका प्रमुखहरुलाई पनि सबै मिलेर पर्यटन विकासको समान धारणा बनाउन अनुरोध गरेका थिए ।