चौथो तारेभिर महोत्सव २०७४ को तयारी पुरा

चौथो तारेभिर महोत्सव २०७४ को तयारी पुरा

कपन अनलाइन 

काठमाडौ,पौष ३०।

चौथो  तोरेभिर महोत्सव २०७४ को सम्पूर्ण तयारी पुरा भएको छ । भोलि माघ १ र २ गते हुने महोत्सवमा प्रमुख अतिथिको रुपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आउने भएका छन।

स्थानीय कला ,संस्कृति र उत्पादनको प्रवर्धन गर्ने तथा पर्यटनको विकास मार्फत तारेभिर क्षेत्रको विकास गर्ने उदेश्यले संचालन गर्न लागिएको महोत्सवमा रास्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिका साथमा झाकी तथा अन्य कार्यक्रमहरु रहेको मुलो आयोजक समितिका संयोजक हर्क बहादुर तामांगले बताए।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रहेको यस क्षेत्रमा हुने महोत्सवलाई बुढानिलकण्ठ नगरपालिकाको पनि सहयोग रहेको छ।कठिन भूगोल रहेको यो क्षेत्र रास्ट्रिय निकुन्ज संगै रहेको छ भने यस माथि रहेको   शिवपुरी डाँडा बाट हिमाल हेर्न सकिन्छ भने काठमाडौं उपत्यकाका सबै     भूभाग  देखिन्छ।

महोत्सवका लागि गोकर्ण र बुढानिलकण्ठ बाट यातायातको व्यवस्था गरिएको छ भने पैदल बुनपा ११ जगदोल बाट पनि पुग्न सकिन्छ।

तपाइँको प्रतिक्रिया ।