शाली नदी मेलामा हामीले जे देख्यौ
कपन अनलाइन
काठमाडौँ,पौष ३० ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायण स्वस्थानी मेला लाग्ने साँखु स्थित सालीनदीमा मेला सुरु भएको छ। स्वस्थानी माताको दर्शन तथा मेला घुमघामका लागि उपत्यकाबाट सयौँ मानिस दैनिक शाली नदी पुग्ने गरेका छन । दर्शनार्थीहरु बिहानै देखि सालिनादी पुग्ने गरेका छन। एक महिनामध्येको कुनै एक दिन मात्र भए पनि सालीनदीमा गई स्नान गरे पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वासले गर्दा लाखौ मानिसहरु सालिनदीमा पुग्ने गरेका छन ।
कपन अनलाइन को टिम पनि बिहान झिसमेसेमै सालिनादिको लागि प्रस्थान गर्यो ।बाटो बिग्रिएको थियो भने हिलोले गर्दा अफ्ट्यारो महसुस गर्दै यात्रा अघि बढ्यो ,यसपटक सालिनादी मेला ब्यबस्थापन समितिले बाटोमा कुनै प्रवेश शुल्क लिएको थिएन बाइक लाइ पार्किंगमा राखेर हामि हिड्न थाल्यौ ।
छेवैमा एउटी महिला कराइन “दाजु फुल प्रसाद लिएर जानुहोस भागको मात्र १० रुपैयाँ चोखो पानी यता छ!” हामि अघि बढ्यौ , त्यस्तै सब्द गुन्जिरह्यो ,मानिसहरु फुल प्रसाद किनिरहेका देखिन्थ्ये भने बिभिन्न व्यापारीहरु बिहानै देखि ब्यापर गर्नको लागि सामान मिलाइरहेका थिए व्यपारीहरु त्रिपालमा सामान फिजाउँदै कराइरहेका हुन्थें ।
खाजा पसल भोक लाग्यो मिठो सुद्द साकाहारी भन्दै ग्रहाक बोलाइरहेका थिए “सस्तोमा सस्तोमा ! सस्तोमा आयो ! हजुर होलसेलको दाम होलसेलको दाम होलसेल ! तीन जोर मोजा सयमा तीन जोर ! हेरौ छानी छानी सस्तोमा !’ ल आउनुहोस बिदाको दिन भएर पनि होला भिडभाड निकै थियो । हरेक रेष्टुरेण्ट मान्छेले भरिभराउ थियो हामि मन्दिर नजिक पुग्दा भिड बढिसकेको थियो सुरक्षाकर्मीहरु भिड बढेकोले चनाखो हुन माइकिग गर्दै सचेत हुन र केहि अफ्ट्यारो भएमा प्रहरीलाई खबर गर्न अनुरोध गरिरहेका देखिन्थ्ये।
सालिनदिमा नुहाउन को लागि नदि थुनेर बाँध बनाइएको थियो ।, त्यहा बिहान देखिने भक्तजान हरु नुहाईरहेका थिए भने नुहाउनको लागि कपडा फेर्ने ठाउ को व्यवस्था भए पनि मानिसहरु उक्त कपडा फेर्ने निश्चित स्थान भन्दा बाहिर नै कपडा फेरिरहेका देखिन्थ्ये । पहिलेको तुलनामा भौतिक पूर्वाधारहरु पनि धेरै नै बनिसकेको छ ।नुहाउने पोखरी को छेवैमा पानीको फोहोरा देख्न सकिन्छ भने त्यही फोहोरामा गएर युवायुवतीहरु सेल्फी खिच्न ब्यस्त देखिन्थ्ये। जसले नुहाउने भक्तजन हरुलाई अफ्ट्यारो पारेको महसुस गर्न सकिन्थ्यो ।
त्यतिकैमा हामी नजिकै एउटा बालक आएर दाइ “श्री स्वस्थानी माताको लागि पान दस रुपिया चढाईदिनुहोस” न भन्यो त्यो बालक स्वस्थानी ब्रत कथाको किताब बोक्दै पैसा मागिरहेको थियो । भने कोही बालबालिकाहरु भने चुम्बक को सहायताले बगेको पानीमा सिक्का पैसा बटुलिरहेका देखिन्थ्ये।
नुहाउन को लागि बनाइएको बाँधमा नुहाउन भक्तजनहरु हरुको भिड थियो भने उक्त बाँध बाट निकास भएको पानी मानिसहरु जलको रुपमा खाँदै र घर लैजानको लागि भर्दै थिए। त्यतिकै मा हाम्रो ध्यान एउटा तुलमा गयो जहाँ लेखिएको थियो “प्लास्टिक मुक्त क्षेत्र”तर त्यहि प्लास्टिकका बोतल जल भर्नको लागि भनेर बेचिदै थियो।
मानिसहरु लाममा लागेर मन्दिर दर्शन गर्दै थिए जुत्ता चप्पल राल्ख्नको लागि निश्चित ठाउ छुट्टयाइएको थियो । माइकिन्ग गरेर चन्दा को लागि आव्हान गरिदै थियो भने भिड बढेकोले छिटो छिटो दार्शनार्थीहरुलाई मन्दिर दर्शन गर्नको लागि स्वयंम सेवकहरु लाइन मिलाउन तल्लिन देखिन्थ्ये मन्दिर परिसरमा भक्तजनलाई टिका लगाउन बसेका पुरोहित हरुको गलामा ब्यबसायी परिचयपत्र गलामा झुण्डाएर टिका लगाउदै पैसा लिइरहेका थिए।
त्यसपछि हामी सालिनादिकै गोमा ब्राम्हणी को घर भएको ठाउमा लाग्यौ बाटोको दृश्य देख्दा लाग्थ्यो हामि कुनै मन्दिरमा नगई व्यापारिक केन्द्र मा गईरहेका छौ। बाटो भरि ब्यापार गर्न बसेका ब्यापारीहरु ग्राहकलाइ समान देखाउदै आकर्षित गर्दै थिए कोहि खुवा मिठो लैजानुहोस भन्दै थिए भने कोहि अमिलो पिरो तितौरा मुखै रसाउने गरि लैजानुहोस भन्दै थिए सानो घर भित्र मानिस हरु बाहिर बाट चिहाउदै पुजा गरिरहेका थिए ।
संखरापुर नगरपालिकाको प्रमुख सहितको टोलीले केहि दिन अघि मात्र अनुगमन गरि मेलाको लागि राखिएको व्यापारिक केन्द्रमा मूल्यसुची राख्न निर्देशन दिएका थिए। उक्त निर्देशन पालना त भएको छ तर मूल्य सुची भने बाहिरको भन्दा बढी देखिएको थियो मेलामा सस्तो हुनुपर्ने झन मौकाको फाइदा उठाईरहेको जस्तो देखिन्थ्यो । व्यपारीको सामानले भरिएको सडकपेटी र साघुरो बाटोमा रहेको भिडभाड छल्दै मानिसहरु आफ्नो गन्तव्यमा पुग्न हतारीदै हिडिरहेका देखिन्थे ।
मेलाको स्थलगत रिपोर्टिंग सकेर हाम्रो टोली फर्किदा सम्म भक्तजन आउने क्रम जारि रहेको थियो ।