सिद्धेश्वर योग साधना केन्द्रको कार्यालय उदघाटन

सिद्धेश्वर योग साधना केन्द्रको कार्यालय उदघाटन

कपन अनलाइन 

काठमाडौ,पौष ३०।

सिद्धेश्वर योग साधना केन्द्रको कार्यालय उदघाटन भएको छ ।बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा भएको उक्त कार्यालय उदघाटन तथा आशा नामक सामाजिक संस्थालाई पोशाक वितरण कार्यक्रमका प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल रहेका थिए भने विशेष अतिथि ब्याकुल माइला र हरी प्रसाद पोखरेल रहेका थिए ।

त्यस्तै उक्त कार्यक्रममा बुनपा वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई ,चन्द्र प्रसाद सिवाकोटी ,लक्ष्मी संग्रौला ,गणेश मिश्र ,योग प्रशिक्षक भानुभक्त  दाहाल लगायत अतिथि रहेका थिए।

कार्यक्रममा योग साधना केन्द्रको उदघाटन गर्दै नगर प्रमुख खरेलले अव नगरपालिकाले योगलाई प्रवर्धन गर्न विशेष पहल गर्ने बताएका थिए ।संस्थाकी अध्यक्ष कमला पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले योगको महत्व र  संस्थाको गतिविधिका वारेमा केन्द्रित रहेर आफ्नो धारणा   राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।