डा.गोविन्द केसीलाई लगाइने मानहानीको मुद्धा हामीलाई पनि लगाइयोस :गगन थापा

डा.गोविन्द केसीलाई लगाइने मानहानीको मुद्धा हामीलाई पनि लगाइयोस :गगन थापा

कपन अनलाइन 

काठमाडौ,पौष २५।

पूर्व स्थास्थ्य मन्त्री एवं नेपाली काँग्रेसका नेता गगनकुमार थापाले त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई लगाइने मानहानीको मुद्धा आफूहरुलाई पनि लगाउन चुनौती दिएका छन् ।

अदालतको अवहेलना गरेको भन्दै सर्वाेच्च अदालतले डा केसीलाई पक्राउ गरी मंगलबार विहान ९ बजे अदालतमा बुझाउन आदेश दिएपछि प्रहरीले त्रिभुवन शिक्षण अस्पतालस्थित अनसन बसेकै ठाउँबाट उनलाई पक्राउ गरेको थियो ।

माइतीघर मण्डलामा भएको ऐक्यवद्धतामा थापासंगै नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक मण्डलका रविन्द्र मिश्रसहित नागरिक सामाजका अगुवाहरुसमेत उपस्थित भइ ऐक्यवद्धता जनाएका छन् ।

डा केसीले नेपालका न्यायालयहरु न्याय दिनेभन्दा पनि न्याय किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुलाई संरक्षण दिने तथा इमान्दारहरुलाई दन्डित गर्ने गिरोहको नियन्त्रणमा रहेको आरोपसमेत लगाएका थिए ।

केसीको पक्राउबारे गृहमन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाईसमेत जानकारी नभएपछि स्थिति गम्भीर बनेको छ । सर्वोच्च वरिवरि सुरक्षाकर्मीले घेरेका छन् ।

तपाइँको प्रतिक्रिया ।