बुढानिलकण्ठ नगरपालिकामा शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र संचालन हुने

बुढानिलकण्ठ नगरपालिकामा शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र संचालन हुने

कपन अनलाइन 

काठमाडौ,पौष २५

बुढानिलकण्ठ  नगरपालिकामा स्थापना हुने शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रको संचालन सम्बन्धमा छलफल र अन्तरक्रिया गरिएको छ।
बूनपा नगर प्रमुख उद्धवप्रसाद खरेलको अध्यक्षता भएको यो कार्यक्रम जनस्वास्थ्य शाखा बूनपाको ब्यवस्थापनमा पशुस्वास्थ्य सेवा कार्यालय को हलमा संचालन भएको अन्तरक्रियामा स्वास्थ्य सेवा विभाग पुनर्जागरण महाशाखाका निर्देशक भोगेन्द्र डोटेल, जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्र श्रेष्ठले सहजिकरण गरेका थिए।

सो अन्तरक्रिया कार्यक्रममा नगर उप प्रमुख रमा राई, प्रमुख प्रशासकीय अधिकृत लिला अधिकारी, बरिष्ठ पशु चिकित्सक गौरीमान श्रेष्ठ ,१३ वटै  वडाका अध्यक्ष, सम्बन्धित शाखा तथा समितिका सदस्य तथा कर्मचारी ,बिषयगत शाखाका संयोजकहरु  ,६ वटै स्वास्थ्य चौकिका इन्चार्ज लगायतको उपस्थिति रहेको थियो ।
शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र स्थापना पश्चात यस क्षेत्रको स्वास्थ्य सेवा प्रदान गर्ने वातावरणमा सुधार आउनुका साथै अन्य सेवा प्रभावमा प्रभावकारिता आउने स्वास्थ्य शाखा प्रमुख भवानी दाहालले बताइन ।

फोटो सौजन्य :भवानी दाहाल

तपाइँको प्रतिक्रिया ।