तारेभिर महोत्सवको तयारीका लागि महिला समुहको सरसफाई कार्यक्रम

तारेभिर महोत्सवको तयारीका लागि महिला समुहको सरसफाई कार्यक्रम

कपन अनलाइन 

काठमाडौ,पौष २२।

तारेभिर महोत्सवको तयारीका लागि गोकर्णेश्वर नगरपालिका वडा नं ३  तारेभीरमा स्थानिय महिला समुहले  सरसफाई कार्यक्रम आयोजना गरेको  छ ।

महिला समूहले बाटोघाटो, आयोजना स्थल, अन्य सार्वजनिक स्थलमा फालिएका फोहोरको व्यस्थापन गरेको छ । समूहका अध्यक्ष छिरिंग तामाङको नेतृत्वमा सो क्षेत्रमा सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा महिला समूहको अध्यक्ष तामाङ  सहित उपाध्यक्ष प्रमिला तामांङ ,सचिब शान्ति तामांङ ,कोषाध्यक्ष मन्जु तामांङ, सर्वसाधारणको उपस्थिती रहेको थियो भने कार्यक्रमको अध्यक्षता वडा नं. ३ का वडा  सदस्य लक्ष्मण गोलेले गरेका थिए ।

चौथो तारेभिर महोत्सव आउदोँ माघ १ र २ तारेभिरमा सञ्चालन हुदैछ ।

फोटो सौजन्य :गोपाल तामांग

तपाइँको प्रतिक्रिया ।