बुनपा ५ को खानेपानी समस्या समाधानका लागि जुटे प्रदेस सभा सदस्य र जनप्रतिनिधि
कपन अनलाइन
काठमाडौ,पौष २२।
बुढानिलकण्ठ नगरपालिका वडा नं ५ मा रहेको खानेपानीको समस्या समधानका लागि काठमाडौं क्षेत्र नं ५ प्रदेस क्षेत्र २ का सदस्य दीपक निरौलाको नेतृत्वमा नगरपालिका र वडाका प्रतिनिधिले शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्जमा रहेको पाताले खोलाको मुहान र ट्यांकी निर्माण स्थलको निरीक्षण गरेका छन ।
सो टोलीमा निरौलाको साथमा नगरपालिकाका इन्जिनियर बिजेन्द्र श्रेष्ठ , जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।सो स्थानमा मुहान को पानी संकलन गरि वडा नं ५ को चिसिनिमा खानेपानी ट्यांकी निर्माण गरिनेछ ।
तपाइँको प्रतिक्रिया ।