कामपा ७ वासीलाई हेल्पिंग ह्यान्ड्स अस्पतालले उपचारमा छुट दिने
कपन अनलाइन
काठमाडौ,पौष २१।
काठमाडौं महानगरपालिका वडा नं ७ र हेल्पिंग ह्यान्ड्स अस्पताल चावहिल विच वडावासीलाई प्रदान गरिने सेवामा छुट दिने सम्बन्धि सम्झौता भएको छ ।
यो सम्झौता यहि पौष २५ गते देखि २ वर्ष सम्म कायम रहने छ ।अस्पतालले वडा कार्यालय ले गरेको सिफारिसको आधारमा विभिन्न सेवामा फरक फरक प्रतिसत छुट दिनेछ ।
वडा नं ७ का अध्यक्ष सुद्ध डंगोल र अस्पतालका निर्देशक डा. हेम बहादुर लिम्बु ले हस्ताक्षर गरेको सम्झौतामा आइ सी यु मा भने आपसी समझदारीमा छुट दिने सहमति भएको छ ।यो सेवा वडा नं ७ का स्थायी बासिन्दा र कानुनी रुपमा बसाई सराइ गरेर आएका वडा वासीले प्राप्त गर्नेछन ।
तपाइँको प्रतिक्रिया ।