उन्नति माइक्रोफाइनान्सको आइपिओमा आवेदन खुल्यो

उन्नति माइक्रोफाइनान्सको आइपिओमा आवेदन खुल्यो

कपन अनलाइन

काठमाडौ,पौष २१ । उन्नति माइक्रोफाइनान्सको आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुला भएको छ। कम्पनीले १ लाख ६५ हजार कित्ता अर्थात एक करोड ६५ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गरेको हो। सोमध्ये ६ हजार ६०० कित्ता कर्मचारीलाई ८ हजार २५० कित्ता म्युचुअल फण्डलाई छुट्याइएको छ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आस्वा प्रणालीबाट मंगलबारसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले १० कित्तादेखि अधिकतम ८२० कित्तासम्मका लागि आवेदन गर्न पाउनेछन्।

यसको केन्द्रीय कार्यालय रुपन्देहीमा छ। कम्पनीले लुम्बिनी अञ्चलका पाँच जिल्ला रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीसहित प्युठान, मनाङ, मुस्ताङ, पर्वत लगायत १० जिल्लालाई कार्यक्षेत्र बनाएको छ।

तपाइँको प्रतिक्रिया ।