बुढानिलकण्ठ १० का साहित्यकारहरुको निवासमा “नेम प्लेट ” राखिने

बुढानिलकण्ठ १० का साहित्यकारहरुको निवासमा “नेम प्लेट ” राखिने

कपन अनलाइन 

काठमाडौ,पौष २१।

कपन बानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाले सुरुवात गरेको नविन कार्य साहित्यकारहरुको निवासमा व्यक्तिगत विवरण  (नेम प्लेट) यस पटक बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा बसोवास गर्ने साहित्यकारहरुको निवासमा राख्न लागिएको छ ।

पहिलो चरणमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेका साहित्यकार हरुको निवासमा नेम प्लेट राखिएको यो अभियानका अभियान कर्ता निवन्ध आचार्यले बताए ।

साहित्य तथा लेखन कर्ममा सक्रिय कम्तिमा एक पुस्तक प्रकाशन गरेका साहित्यकार हरुको निवासमा पहिचान झल्कने विवरण राखिने आचार्यले बताए ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा पौष २७ गते बिहान ८ बजे कार्यक्रम आयोजना गरेर साहित्यकारहरुको निवासमै पुगी सो विवरण टासिने छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा वसोवास गर्ने साहित्यकारहरुले थप जानकारीका लागि निबन्ध आचार्य ९८४१४२४३८२ लाई सम्पर्क गर्न सक्नुहुनेछ।

तपाइँको प्रतिक्रिया ।