चौथो तारेभिर महोत्सव २०७४ दुई दिन (माघ १ र २गते ) हुने
कपन अनलाइन
काठमाडौ,पौष २०।
तारेभिर महोत्सव यस पटक दुई दिन संचालन हुने भएको छ ।महोत्सव २०७४ शाल माघ १ र २ गते गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिरमा हुनेछ ।सो महोत्सवको तयारीका लागि आयोजना भएको भेला आज संम्पन्न भएको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिरमा भएको भेलाको प्रमुख अतिथि काठमाडौं क्षेत्र नं ३ प्रदेस क्षेत्र २ का सदस्य रामेश्वर फुँयाल रहेका थिए भने विशेष अतिथि बुढानिलकण्ठ नगरपालिका का प्रमुख उद्दव खरेल रहेका थिए । त्यस्तै सो भेलामा बुढानिलकण्ठ नगरपालिका वडा नं १ का अध्यक्ष सुरेन्द्र लामा र वडा नं ५ का अध्यक्ष विजय तामांग ,गोकर्णेश्वर नगरपालिका वडा नं ३ का सदस्य लक्ष्मण गोले लगायत स्थानीय महिला समुहका सदस्यहरुको उपस्थिति रहेको थियो ।
सो भेलाले महोत्सव संचालनका लागि विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी प्रदान गर्नुका साथै महोत्सवमा प्रदर्शन गरिने विविध पक्षको वारेमा निर्णय गरेको छ।
चौथो तारेभिर महोत्सव मूल आयोजक समितिका संयोजक हर्क बहादुर तामांगको अध्यक्षतामा भएको सो भेलामा महोत्सव सफल पार्न विभिन्न कार्यक्रम गर्ने छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि फुयालले तारेभिरको पहिचान स्थापना गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवमा स्थानीय कला ,संस्कृति ,रहन सहन र उत्पादनको प्रवर्धन गर्नु पर्ने बताएका थिए ।उनले अव तारेभीर उपत्यकावासीको भ्रमण गन्तव्य बन्ने भन्दै यस क्षेत्रको पूर्वाधार विकासमा आफुले योजना बनाएको र त्यसको सुरुवात सडक निर्माण बाट सुरु गरेको बताए।
त्यस्तै बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले तारेभिर महोत्सवलाई सहयोग गर्ने बताउदै आफ्नो बृहत पदमार्ग योजनामा यो क्षेत्र पनि रहेको बताएका थिए ।
त्यस्तै स्थानीय हरुले महोत्सवले आफ्नो क्षेत्र चिनाउन निकै सहयोग गरेको भन्दै त्यसलाई सफल पार्न एक जुट भएर लाग्ने प्रतिवाद्ता व्यक्त गरेका थिए ।
चौथो तारेभिर महोत्सव २०७४ मूल आयोजक समिति
प्रमुख संरक्षक
रामेश्वर फुँयाल
संरक्ष
कृष्ण बहादुर राई
लक्ष्मण लामा (गोले )
सल्लाहकारहरु
राजेन्द्र कुमार भण्डारी
लक्ष्मण गोले
उद्दव बिस्ट
कृष्ण शरण विस्ट
किरण बहादुर बिस्ट
राजकुमार लामा
गोकुल विस्ट
संयोजक : हर्क बहादुर तामांग
सह संयोजक :प्रमिला तामांग राई
सचिव :सचिन लामा
कोषाध्यक्ष :छिरिंग लामा
सदस्यहरु
सुनिता लामा मगर
विकास तामांग
प्रेम मोक्तान
राम बहादुर तामांग
मान बहादुर तामांग
राजु तामांग
सुरेश तामांग
जीत बहादुर लामा
कुसुम तामांग
राज कुमार लामा
सरिता तामांग
फोटो सौजन्य : आशिष गुरागाई