तारेभिरको पहिलो महिला समुह “तारेभिर महिला आदिवासी महिला समूह”

तारेभिरको पहिलो महिला समुह “तारेभिर महिला आदिवासी महिला समूह”

कपन अनलाइन

काठमाडौँ ,पौष २० ।

गोकर्णेश्वर नगरपालिका वडा नं ३  तारेभीरमा राष्ट्रिय आदिवासी जनजाती महिला मंचको पहलमा तारेभिर महिला आदिवासी महिला समूह   गठन भएको थियो। यो समुह ता रेभिर क्षेत्रको पहिलो महिला समुह हो ।

तारेभिर महिला आदिवासी महिला समूहको  अध्यक्षमा छिरिंग तामाङ ,उपाध्यक्ष प्रमिला तामांङ ,सचिब शान्ति तामांङ ,कोषाध्यक्ष मन्जु तामांङ रहेका छन् ।

गत मंगसिर बाट यो समुहले काम सुरु गरेको छ।जहाँ  प्रति महिना महिनाको १०० जम्मा  गर्छन त्यसबाट  प्रति ब्यक्ति रु १० महिला कोषमा जम्मा हुने गरेको छ।अहिले यसमा ४६ जना सदस्य भएका छन  सदस्य हुनेको संख्या अहिले बढ्ने क्रममा रहेको छ ।

उक्त रकममा रु १०० बचत को रुपमा रहने गरेको छ भने रु १० बाट उपचार , अन्य घटना दुर्घटना हरुमा सदस्यहरुलाई सहयोग गरिने समुहकी सदस्य सुनितातामांङ ले बताइन।

समुह गठन पश्चात सो क्षेत्रका महिलाहरु विभिन्न गतिविधिमा सहभागी हुने क्रम बढेको र यसले सो क्षेत्रको सामाजिक परिवर्तनमा मदत गरेको तामांङले कपन अनलाइनलाई बताइन।

फोटो सौजन्य :आशिष गुरागाई

 

 

तपाइँको प्रतिक्रिया ।